Loading... आजः शनिबार , श्रावण १२, २०८१

वालुवाटारमा सचिवालय बैठक बस्दै


फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँचजना वरिष्ट नेताको दबाबमा एमसीसी लगायतका विषयमा छलफल गर्न अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सचिवालय बैठक बस्दैछ। अाजकाे पार्टी सचिवालय बैठक विशेष महत्त्वकाे हुने बुझिएको छ।

प्रधानमन्त्री केपी अाेलीले पार्टीको निर्णय र पार्टी नेताहरूकाे सुझावलाई समेत बेवास्ता गर्दै सरकारकाे नीति तथा कार्यक्रममा मिलेनियम च्यालेञ्ज कर्पाेरेसनसँग सम्झौता भएको कार्यक्रम समावेश गरेपछिदेखि पुनः शुरु भएको विवादले बजेटमा समेत एमसीसी परियोजनालाई समेटेपछि हिजो अर्का अध्यक्ष प्रचण्डसहित पार्टीका पाँच वरिष्ट नेताहरूले भिडियो मिटिङ गरेका थिए। पाँच जनाको निर्णय सुनाउन हिजो बेलुकी बालुवाटार पुग्नुभएकाे प्रचण्ड र प्रधानमन्त्रीका बीच लामो छलफलपछि अाज बिहान ९:३० बजे पार्टी सचिवालय बैठक बालुवाटारमा बस्ने तय भएको छ।

Insert your Ads code here

प्रधानमन्त्री अाेलीले विगत केही समयदेखि एमसीसी संसदबाट अनुमाेदन गराउन अनेकौं प्रयास गरिरहनुभएकाे छ। यसैक्रममा उहाँले पार्टीका नेताहरू र सांसदलाई चीन र भारत मिलेर नेपाल कब्जा गर्ने तयारीमा रहेको साथै यसअघि नै दुवै देश मिलेर लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा ब्यापारीक मार्ग सम्बन्धमा निर्णय गरिसकेको अवस्थामा देशको सार्वभौमसत्ता अखण्डता र स्वतन्त्रता सुरक्षित राख्न एमसीसी कुनै पनि हालतमा संसदबाट अनुमाेदन गराउनुपर्ने तर्क अगाडि सार्नु भएको पार्टी श्राेतले जनाएको छ। कतिपय नेता तथा कार्यकर्ता यसमा सहमत भए पनि अर्का अध्यक्ष प्रचण्ड, वरिष्ट नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गाैतम लगायतका नेताहरू सहमत नभएको र एमसीसी अहिलेकाे अवस्थामा पास गर्न नहुने विचार ब्यक्त गरेको पनि श्राेतकाे दाबी छ। विभिन्न मतमतान्तरका बीच अाकस्मिक डाकिएकाे सचिवालय बैठकमा घम्साघम्सी हुने अनुमान गरिएको छ। प्रधानमन्त्रीले अाफ्नाे अडान छाेड्नु भएन भने सचिवालय बैठक लगत्तै स्थायी कमिटीको बैठक पनि बाेलाउन सकिन्छ। यसरी तनाव बढ्ने अवस्थामा पार्टीभित्रकै नेताहरू बजेटको विपक्षमा उभिने अवस्था अाउनसक्छ। यदि यस्तो परिस्थिति सिर्जना भयो भने सरकारले पेश गरेको बजेट पास नहुने र अाेली नेतृत्वको सरकारले राजीनामा दिने स्थितिसम्म पुग्नसक्छ। तर, नेताहरू यस्तो नहाेस् भन्नका लागि सजग र सचेतताका साथ अघि बढिरहेको देखिन्छ। वातावरण कस्तो बनाउने सबै प्रधानमन्त्री अाेलीकाे कार्यशैली र ब्यवहारमा निर्भर रहेको श्राेतकाे दाबी छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!