Loading... आजः शनिबार , श्रावण १२, २०८१

वाहन दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु मुख्यमन्त्री द्वारा शोक व्यक्त


गान्तोक, 15 सितम्बर। पश्चिम सिक्किम हि गाउँ पेचरेकमा वाहन दुर्घटना हुँदा हि गाउँ निवासी तोपजाङ भोटियाको घटना स्थानमै मृत्यु भएको छ। दउनी आफ्नो निजी वाहन लिएर रिनञ्चेन्पोङदेखि आफ्नो घर तर्फ फर्किंदै गर्दा पेचरेकमा राति लगभग ७ र ८ बजीको बीचमा दुर्घटनामा परेको जानकारी पाइएको छ। उनी सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा युवा प्रकोष्ठका उपाध्यक्ष पश्चिम सिक्कम रहेका थिए।
उनको निधनमा एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री पीएस तामाङले गहिरो शोक व्यक्त गरेका छन्। उनले शोक सन्देशमा भनेका छन्, सिक्किम, र सिक्किमे जनताको हक, अधिकार अनि अस्मिताको सुरक्षा गर्ने हाम्रो लक्ष्यमा कदम मिलाएर सँगै हिँड्नु हुने हि गाउँ निवासी हाम्रा क्रान्तिकारी योद्धा तोब्जाङ भोटियालाई आज हामीले संधैको निम्ति गुमाएका छौँ| अघि राति आफ्नै वाहन दुर्घटनामा पर्दा उहाँको मृत्यु भएको खबर हामी सबै क्रान्तिकारीहरूको निम्ति अति नै दुखदायी समाचार हो| हामी एउटै सपना र एउटै लक्ष्यको सहयात्री थियौं|

उनले अझ भनेका छन्, उहाँको दुःखद निधन सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको निम्ति एउटा अपूरणीय क्षति हो| यस शोकको घडीमा म उहाँको परिवारलाई असीम सहनशक्ति प्राप्त होस् भनि ईश्वर समक्ष प्रार्थना गर्दछु अनि दिवंगतको वैकुण्ठबासको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु|
अर्कोतिर एसकेएम पार्टीले पनि उनको निधन मा शोक व्यक्त गरेको छ। एसकेएम पार्टीले उनको पार्टीमा रहेको योगदान निस्वार्थ सेवा अनि सहयोगलई पार्टीले सधैं सम्झना गरिरहने बताउँदै उनको आत्म शान्तिको कामना सातै शोकाकालू परिवारमा सम्वेदना व्यक्त गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!