Loading... आजः शनिबार , श्रावण १२, २०८१

वाहन दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु तीन घाइते


कालेबुङ, 17 मार्च । राष्ट्रिय राजमार्ग 10मा पर्ने लोहापुल नजिक सुन्तलेमा यात्रुवाहक वाहन दुर्घटनाग्रस्त हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । एसके 01 जे 2377 नबम्रधारी यात्री वाहक सुमो गोल्ड वाहनका चालक र अन्य दुई यात्री भने घाइते छन्। मर्नेहरूमा तीनजमा महिला र दुईजना पुरूष रहेको रम्बी थाना सूत्रले बताएको छ। अर्कोतिर तीनजना घाइते मध्ये एकजना नाबालक रहेको बताइएको छ. वाहनमा चालक समेत 8 जना सवार रहेका थिए। रम्बी थाना सूत्रले दिएका जानकारी अनुसार घटनाको मङ्लबार दिउँसो लगभग 3.30 बजी भएको हो। पुलिसले लाश उद्धार गर्ने तथा घाइतेहरूलाई स्थानीय रम्बी अस्पतालमा पुऱ्याउने कार्य गरिरहेको बताइएको छ। दुर्घटनामा परेर वाहन मूल सड़कबाट झम्डै एक सय फिट तल झरेको छ। मर्नेहरु अविजित राव, रतिकान्त नन्दा, सकुन्तला नन्दा, सुलोचना पाण्डा और सविता नन्दा को रुपमा चिन्हित गरिएको छ। उनीहरु उडिस्साको निवासी रहेको पनि पुलिसले जानकारी दिएको छ। (मनोज राई)

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!