Loading... आजः मंगलबार , माघ १, २०८१

विज्ञान तथा प्रविधिबाट धनी बनेका किसान


वल्लो शान सी प्रान्तीय चिन चुङ शहर चीनको पहिलो चरणका दुईवटा “राष्ट्रिय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसाय नमूना क्षेत्र” मध्येको एक हो। त्यहाँ व्यवसाय, वरिष्ठ व्यक्ति, विज्ञान तथा प्रविधिको चौतारोमा भर परी सन् १९८० पछि जन्मेका युवाले स्थानीय दश हजार परिवारका वासिन्दालाई धनी बनाउने कार्य अगाडि बढाएका छन्। चाउ चे वल्लो शान सी नुङ कु च्यु सिन कम्पनीका एकजना प्राविधिज्ञ हुन्। उनले स्थानीय किसानलाई अत्याधुनिक प्रविधि सिकाएर किसानलाई धनी बनाउन निर्देशन गरेका छन्। स्थानीय वासिन्दा हु चिमिङकाअनुसार, उनको वार्षिक आम्दानी एक लाख चिनियाँ युआनभन्दा बढी पुगेको छ। उनको जीवन पनि सुखमय छ।

चिन चुङ शहर चीनको पहिलो चरणको “राष्ट्रिय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसाय नमूना क्षेत्र” हो। सन् २०१९ मा “राष्ट्रिय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसाय नमूना क्षेत्र” का किसानको प्रतिव्यक्ति आम्दानी २० हजार ७ सय ८९ चिनियाँ युआन पुगेको थियो। सन् २०२५ सम्म चीनले ३० वटा “राष्ट्रिय कृषिको उच्च तथा नयाँ प्रविधि व्यवसाय नमूना क्षेत्र” को निर्माण गर्नेछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!