वित्तीय जागरण कार्यक्रम सम्पन्न
बर्दिया राजापुर
बिहीबार राजापुरमा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम सम्पन्न भएको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक तथा यस मन्चका अध्यक्ष पहराम जैसीको सभापत्विमा भएको कार्यक्रमका प्रमुख अतिथी पुर्ब भुमीसुधार मन्त्री तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि। का प्रमुख कार्यकारी निर्देशक डा. गोपाल दहित रहनु भएको थियो ।
राजापुर गेरुवा लघुवित्त कर्मचारी मन्चलेGlobal Money Week 2024 को अबसरमा ३० वटा लघुवित्त संस्थाहरूको सयुक्त सहकार्यमा वित्तीय जागरण कार्यक्रम गरेको हो ।
टेडियाबाट सुरु भएको ¥याली राजापुर बजार परिक्रममा गरी डाइमन्ड होटल एण्ड पार्टी प्यालेसमा पुगेर वित्तीय जागरण कार्यक्रम गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी दहितले हालको समसामयिक अर्थतन्त्र र वित्तीय जगतको अवस्था बारे बृहत छलफल बताउदै हालको वित्तीय क्षेत्रमा देखिएको अराजक गतिविधिलाई खण्डन गर्दै वित्तीय जागृत भएर कर्जाको सहि सदुपयोग गर्न पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक किरण प्रसाद न्यौपाने, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कोहलपुरका नायव प्रमुख कार्यकारी अधिकृत राजकुमार पोखरेल, उपकार लघुवित्त वित्तीय संस्था लि। केन्द्रीय कार्यालय कोहलपुरका सहायक प्रबन्धक चित्र बहादुर भन्डारी लगायत राजापुर र गेरुवा क्षेत्रमा रहेका लघुवित्त वित्तीय संस्थाका प्रमुख र बैकहरुका प्रमुख कर्मचारी संचारकर्मिहरुको गरी करीब ३६५ जनाको उपस्थित रहेको थियो ।
तपाइँकाे प्रतिक्रिया
