Loading... आजः शनिबार , श्रावण १२, २०८१

वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न


बर्दिया राजापुर

आशा लधुबित्त बित्तीय सस्था लि. राजापुर बर्दिया शाखाको वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी गत सोमबार राजापुरमा सम्पन्न भएको छ ।


कुमारी पार्वती चन्द्रको सभापत्विमा भएको कार्यक्रमका प्रमुख अतिथी राजापुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रसादु थारु, बिशिष्ठ अतिथी ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डि.एस.पी.किरण प्रसाद न्यौपाने रहनु भएको थियो ।

Insert your Ads code here

आशा लघुवित्त वित्तिय संस्था लि राजापुरका प्रमुख उमाकान्त अवस्थीले कार्यक्रमको उद्देश्य वारे जानकारी दिनु भएको थियो ।
कार्यक्रममा आशा लघुवित्त वित्तिय संस्था लि बैनिया कैलालीका स्टेशन अनुगमन अधिकृत लखनलाल थारु ले आशा लघुवित्त वित्तिय संस्था लिको बित्तिय प्रणाली, सस्थाले दिदै आइरहेको सेवा सुबिधा वारे जानकारी, बचतकर्ता र कर्जा सदुपयोगकसरी गर्ने, संस्था प्रति सदस्यहरुलाई सकारात्मक कसरी बनाउने बनाउने लगायतको बित्तिय सुशासनहरुको वारेमा जानकारी गराइएको थियो ।


राजापुर केन्द्र अन्तरगत रहेको मुल्यांकन अंकको आधारमा केन्द्रलाई सम्मान गरी पुरस्कृत गरीएको थियो । पुुरस्कृत हुने केन्द्रहरुमा केन्द्र न .६१ सपना आशा महिला केन्द्र, केन्द्र न .२५ दुर्गा आशा महिला केन्द्र, केन्द्र न .०४ इन्द्रेणी आशा महिला केन्द्र, केन्द्र न .७६ जुनतारा आशा महिला केन्द्र केन्द्र न .३८ मयुर आशा महिला केन्द्ररहेका छन् भने पत्रकार गान्दीप लाल कायस्थलाई पं्रशसा पत्र प्रदान गरीएको थियो ।
आशा लधुबित्त बित्तीय सस्था लि. राजापुर कर्मचारी पंकज कुमार थारु संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य भबेन्द्र बहादुर चन्दले गर्नु भएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!