Loading... आजः शनिबार , श्रावण १२, २०८१

विदामा नेपाल आएका नेपाल श्रमिकलाई पुनः विदेश फर्किन श्रम स्वीकृति


सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन्। सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति जारी भएको छ। वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका अनुसार विहीबार ५ जना र शुक्रबार दुई जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।

ती दिनहरुमा सर्भरमा समस्या भएर स्वीकृति दिन नपाएपछि शनिबार पनि विभागको तहाचलस्थित कार्यालय खोलिएको थियो । शनिबार ४७ जनाले पुनः श्रम स्वीकृति पाएका थिए । कार्यालयबाट आइतबार एकैदिन ३४७ जना श्रमिकले विदेश जान अनुमति पाएका थिए । सोमबार यस्तो संख्या बढेर ४१० पुगेको थियो । मंगलबार पनि ३१५ जनाले पुनः श्रम स्वीकृति पाएका छन् ।

ताहाचलबाट बुधबारबाट वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) सुरु हुने भएको छ । अहिले नयाँ कामदारलाई भने विदेश जान श्रम स्वीकृति दिइएको छैन । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको छ। सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको अनलाइनखबरले जनाएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!