Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिइने


नेपाल सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ। यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ। विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको आइतबारको उच्चस्तरीय बैठकले गरेको निर्णयअनुसार विदेशवाट हवाई मार्गमार्फत आउने सबैलाई होल्डिङ सेन्टरमा ५ दिन राखेर पीसीआर परीक्षण गरेपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाइने कान्तिपुर अनलाइनले जनाएको छ । विदेशबाट स्थलमार्गबाट आउनेहरूसमेत पीसीआर परीक्षण गरेर मात्र सम्बन्धित ठाउँमा जान पाउने छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीको समेत परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।

विज्ञहरूले विदेशबाट आउने सबैको पीसीआर गरेपछि मात्र घर पठाउनुपर्ने आवश्यकता बारम्बार औंल्याउँदै आए पनि सरकारले खासै वास्ता गरेको थिएन । जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार कोरोनाको हटस्पट अमेरिका र बेलायतबाट आएकालाई समेत सोझै घर जान दिइएको थियो । अमेरिकाबाट आएका ४ सय २३ जनामध्ये ५ प्रतिशत (२१ जना) होटल क्वारेन्टाइनमा र अन्य होम क्वारेन्टाइनमा बसेका थिए । अमेरिकाबाट आएका ८३ प्रतिशत व्यक्ति काठमाडौंमै रहेको डा. बीसीले बताउनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!