Loading... आजः शनिबार , श्रावण १२, २०८१

विदेशबाट नेपाली फर्काउन सुरु, म्यानमारबाट नेपाली लिएर जहाज आइपुग्यो


म्यानमारबाट नेपालीहरु लिएर आएको जहाज काठमाडौंमा अवतरण गरेको छ। शुकरबार विहान नौ बजेर ५० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भनेको जहाज दस बजेर ४३ मिनेटमा अवतरण गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

उक्त जहाजले म्यानमारमा रोकिएका २६ जना नागरिक ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। साही जहाजले नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले बताउनुभयो।

त्यस्तै आजै (शुक्रबार) यूएईबाट पनि नेपाली फर्कदै छन्। यूएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लगेको हो। प्राधिकरणका अनुसार १६८ नेपाली यूएईबाट आउँदै छन्। योसँगै सरकारले विदेशमा अल्पत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम सुरु भएको छ।

Insert your Ads code here

संसारभर कोरोना संक्रमणको संकट गहिरिँदै गएपछि सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्रमशः ल्याउने निर्णय गरेअनुसार पहिलोपटक म्यान्मारबाट नेपाली ल्याइएको हो। यसअघि चीनको वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुनमा ल्याइएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!