Loading... आजः शनिबार , श्रावण १२, २०८१

विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याईने


सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ। कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने निर्णय गरेको छ।

ती नागरिकलाई हवाई र स्थलमार्ग हुँदै नेपाल ल्याइने छ। विदेशमा रहेका नेपाल आउनुपर्ने स्थलगत मार्ग हुदै आउँदै मानिसलाई २० नाका तोकिएको छ। प्रधानमन्त्री कार्यालयका सचिवसमेत रहनुभएका बिडारीका अनुसार स्थलमार्गबाट आउने नाकामा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सप्तरीको कुनौली, सिराहाको ठाडी, सिराहाको माडर, महोत्तरीको भिट्टामोड, सर्लाहीको मङ्गलवा, रौतहटको गौर, पर्साको वीरगञ्ज, बाराको महेशपुर, रुपन्देहीको बेलहिया, कपिलवस्तुको तौलिहवा र कृष्णनगर, बाँकेको जमुनाह, बर्दियाको सुरजपुर, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाका निर्धारित भइसकेका छन्।

नेपाल आउनुपर्ने व्यक्तिमा सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्ति, नेपाल आउन अनुमति प्राप्त भएका व्यक्ति जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्ति रहेका छन्।

Insert your Ads code here

यस्तै श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु, कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति पनि आउने सूचीमा रहेका छन।

सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्ति जो नेपाल आउन नपाएका छन तिनीहरुलाई पनि सरकारले स्वदेश ल्याउने भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यस्तै अध्ययन समाप्त भएका विद्यार्थी, कलेज वन्द भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएका, कम्पनीबाट अनिवार्य विदामा बसेका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहेका र पर्यटक र व्यापारी राहदानीमा गएकालाई स्वदेश फर्काइने उहाँले जानकारी दिनुभयो ।

स्वदेश फर्कनेलाई नेपाली वायुसेवा निगम र नेपालका वायु सेवाका माध्यमबाट स्वदेश ल्याइने गरी कार्ययोजना बनाइएको छ ।।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!