Loading... आजः शनिबार , श्रावण १२, २०८१

विदेशीलाई चीन प्रवेशमा अस्थायी रोक


नेपालकाे उत्तरी छिमेकी देश चीनले आफ्नो सीमा शनिबारबाट बन्द गर्ने घोषणा गरेको छ। चीनले एक सूचना जारी गर्दै विदेशीलाई चीन प्रवेशको अस्थायी रोक लगाएको हो।

जनगणतन्त्र चीन सरकारले बिहिबार सीमा बन्द गरेको तथा विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको सम्बन्धमा चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको हो। चीनले भीसा तत्काल जारी नगर्ने र जारी गरेकाहरुलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने गरी निलम्बन गरेको जनाएको छ। कुटनीतिक राहदानी भएकालाई भने प्रवेश दिइने छ।

तीन महिना अघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए। अहिले चीनले कोरोना भाइरसविरुद्धको संघर्षमा धेरै सफलता हासिल गर्दा अन्य देशमा संक्रमण बढेको छ। यसलाई दृष्टिगत गरी चीनले विदेशीलाई अस्थायी रुपमा रोक लगाएको हो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!