पशु क्वारेटाईनको वारेमा जानकारी दिनुहुदै पशु क्वारेटाईन कार्यालय बाकेका प्रमुख डा. भक्त निउरेले अब विदेशी डफ्ङ्गि साईट बन्नबाट कसरी बचाउन सकिन्छ भन्नेवारेमा सबै सरोकारवाला लाग्नु पर्ने बताउनु भएको छ ।
मंगलबार राजापुरमा आयोजित जुनोसिस एक स्वास्थ्य र पशु क्वारेन्टाईन संगको अन्तरसम्बन्धता सम्बन्धि अन्तरक्रिया कार्यक्रम २०७७/०७८मा सहजिकरण गदै प्रमुख निउरेले सो कुरा बताउनु भएको हो ।
प्रमुख निउरेले भारतहरूबाट लुकीछिमी खसी बाख्रा ल्याउदा रोगहरु बड्ने भएकाे र ४० प्रतिशत भन्दा बढी रोगहरु पशुबाट सर्ने भएकोले विदेशी पशुलाई निरुसाहित गर्न सके स्वदेशी पशु खसी बाख्राहरुको माग बढी हुने बताउनु भयो । माछामा बिषयमा डा. निउरेले मंगुरजातका माछा प्रतिबन्धीत भएकाे यसलाइ पुर्णरुपले निरुसाहित गरीनु पर्ने अन्य माछाहरु भारत लगायत बिदेशबाट आयात गर्दा माछालाई पुर्णरुपले आईसमा राखेको ल्यापटेस्ट भएको र भन्सारले हामीलाई चेक गराएपछिमात्र बिक्री वितरण गर्न पाइने बताउनु हुदै हाम्रो मुख्य उद्देश्यनै पशुहरुबाट रोग भित्रीन रोक्नु र स्वदेश कै पशुहरुमा प्रोसहित गर्नु रहेको बताए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्तले सरोकारवाला संग सगै समुदायमा पनि जानकारी दिन सके यसको प्रभाव राम्रो हुने बताउदै खुल्ला सिमा भएकोले कतिपयले खसी बाख्रा चराउदै ल्याउने र पछि यतैकै खसी बाख्रा भनी बिक्री गर्ने गरेको भएपनिले रोकथाम गर्न कठिनाई हुने गरेको बताए । कार्यक्रममा उठेको प्रश्नलाई स्पष्ट पादै डाक्टर निउरेले अब आगामी कार्यक्रमहरु राजापुर र गेरुवामा गर्ने बताउनु भयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षकर ाधेश्याम सिंह सैथवार,सशस्त्र प्रहरी बल राजापुरमा प्रहरी निरिक्षक खेम राज बोगटी व्यापार संघका प्रतिनिधी,पत्रकार, सरोकारवालाहरुको सहभागिता रहेको थियो । पशु क्वारेटाईन कार्यालय नेपालगन्ज बाकेको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।