Loading... आजः शनिबार , श्रावण १२, २०८१

विदेशी मुद्रा आर्जन हुने अलैँचीको नेपाली जात दर्ता प्रक्रिया सुरू


विदेशी मुद्रा आर्जनको एक हिस्सा रहेको अलैँचीको नेपाली जात दर्ता प्रक्रिया थालिएको छ । नेपालमा खेती सुरु भएको दुई सय वर्ष बितिसक्दा पनि कुनै पनि जात र नाम दर्ता प्रमाणीकरण भएको थिएन । इलामको सूर्योदय नगरपालिका–पान्दामस्थित अलैँचीको केन्द्रीय कार्यालय अलैँची विकास केन्द्रले अलैँचीको नेपाली जात दर्ता प्रक्रिया अघि बढाएको हो ।

नेपालमा खेती हुँदै आएका गोलसाई, रामसाई, डम्बरसाई, भलाङ्गे र जिर्मले गरी पाँच जातको दर्ता प्रक्रिया थालिएको केन्द्रले जनाएको छ । बीउबिजन गुण नियन्त्रण केन्द्र हरिहर भवनले जात दर्ताको काम गरिरहेको छ ।

‘अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएन, जात दर्ता गर्नु भनेको बच्चाहरूको जन्म दर्ता गरेजस्तै हो’ अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले भन्नुभयो, ‘जात दर्ता गरेर नामकरण गरेपछि विश्वमा नेपाली जातको अलैँची चिन्न सकिन्छ, कसैले पनि नेपाली जातमाथि धावा बोल्न सक्दैन।’

Insert your Ads code here

केन्द्र प्रमुख अधिकारीका अनुसार गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती गर्न थालिएको हो। यो अलैँची समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार छ सय मिटर उचाइसम्म खेती हुने गरेको छ। प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ।

गोरखापत्र अनलाइनका अनुसार ४.५ देखि ६.० सम्म अम्लीयपना भएको माटोमा फस्टाउने अलैँची खेती आर्थिक वर्ष २०७५÷०७६ मा नेपालका ५४ जिल्लामा १५ हजार ५५ हेक्टर जमिनमा खेती भएको छ। अलैँची, मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग हुने गरेको बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!