कोरोना महामारीका कारण यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै घटेको भए पनि विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भने गत वर्षको तुलनामा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सर्वाजनिक गरेको तथ्यांकअनुसार गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशत बढेको नेपाल खबर अनलाइनले लेखेको छ।
तथ्यांकअनुसार यो साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आप्रवाह भएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशत बढेको हो। साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशत घटेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशत घटेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउनमा ८०.० प्रतिशत घटेको छ।
Insert your Ads code here
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशत मात्र घटेको थियो। खुद ट्रान्सफर आय २०.० प्रतिशत वृद्धि भई १ खर्ब १ अर्ब ८७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।