Loading... आजः शनिबार , श्रावण १२, २०८१

विद्युतीय भुक्तानीका लागि चीनको ‘वीच्याट’लाई नेपालमा पनि अनुमति


विद्युतीय भुक्तानीका लागि चीनमा प्रख्यात ‘वीच्याट’ ले नेपालमा पनि कारोबार अनुमति पाएको छ । एनएमबी बैंकमार्फत वीच्याटले कारोबार गर्न पाउनेछ । राष्ट्र बैंकले अनुमति दिएपनि आन्तरिक रूपमा धेरै प्रक्रिया मिलाउनुपर्ने भएकाले औपचारिक कारोबार सुरु गर्न केही समय लाग्ने बैंक स्रोतले बताएको छ। कान्तिपुर अनलाइनका अनुसार अरू वाणिज्य बैंकलाई पनि यस्तो अनुमति दिन सकिने राष्ट्रबैंकले बताएको छ ।

राष्ट्र बैंकले अलिपेलाई पनि कारोबार अनुमति दिने तयारी गरेको छ । अलिपेको कारोबारलाई एक्वाएर गर्न हिमालय बैंकले राष्ट्र बैंकमा आवेदन दिएको छ । नेपालमा वीच्याट र अलिपेमार्फत भुक्तानी बढेपछि राष्ट्र बैंकले ती भुक्तानीलाई गैरकानुनी भन्दै गत जेठमा रोक लगाएको थियो । त्यसपछि वीच्याट र अलिपे कारोबार अनुमतिका लागि राष्ट्र बैंक गएका थिए ।

राष्ट्र बैंकले रोक्नुअघि काठमाडौंको ठमेल र पोखरामा सञ्चालित केही होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा वीच्याट, अलिपेजस्ता एपमार्फत भुक्तानी कारोबार भइरहेको थियो । वीच्याट र अलिपे चिनियाँ एप्स हुन् । यी एपले चीनमा विद्युतीय भुक्तानी सेवा पनि दिँदै आएका छन् । चीनमा यो प्रणालीमार्फत हुने विद्युतीय भुक्तानी प्रभावकारी छ । सोही कारोबार नेपालमा पनि सुरु भएको हो । यस्तो कारोबारमा भुक्तानी गर्ने ग्राहकको चीनमा रहेको बैंक खाताबाट पैसा घट्छ । त्यो पैसा व्यवसायीको चीनमै रहेको बैंक खातामा जम्मा हुन्छ । यस्ता कारोबारबाट नेपाललाई विदेशी मुद्राको लाभ हुँदैन । अहिले राष्ट्र बैंकले नीति बनाएको छ । अब ती माध्यममार्फत नेपालमा हुने कारोबार नेपाली बैंकिङ प्रणालीमा आबद्ध हुनेछन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!