विद्युत प्राधिकरण सँग क्षतिपूर्ति माग राख्दै संघसस्था र समुदायले बुझाए ज्ञापन पत्र
बर्दियाराजापुर ,२० साउन २०७८,
राजापुर नगरपालिका वडा नं २का समुदायले विद्युत प्राधिकरण वितरण शाखा राजापुर कार्यालयसंग क्षतिपुर्ति माग गरेको छ ।
गत असार ३० गते राजापुर नगरपालिकावडा नं. २ जोतपुरमा विद्युतका कारण सिर्जित क्षतिको जोतपुर सम्बद्ध बिभिन्न संघसंस्था तथा समुदायले क्षतिपूर्तिको माग गरेका हुन । आज राजापुर नगरपालिका वडा नं २ जोतपुर बरघरको नेतृत्वमा आएको टोलीले विद्युत प्राधिकरण वितरण शाखा राजापुरका कार्यालयलाई ११७ घरपरिवार तथा संघसस्थाले ज्ञापन पत्र बुझाउदै रु ३ लाख ४० हजार ६ सय १५ रुपैया बराबरको क्षतिपूर्ति माग गरिएको हो ।
ज्ञापनपत्र जंग्रार साहित्यिक बखेरीका अध्यक्ष एवं युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले पढेर सुनाउनु भएको थियो भने ज्ञापनपत्र जोतपुरका बरघर बीरेन्द्र दहितले विद्युत प्राधिकरण वितरण शाखा राजापुरका कार्यालय प्रमुख शशिकान्त तिवारीलाई बुझाएका थिए ।
ज्ञापनपत्रमा राजापुर नगरपालिकावडा नं. २ मा पर्ने जोतपुर गाउँमा समय समयमा विद्युतीय समस्या आउने गरेको र सो समस्याले क्षतिगर्दै गरेको अवस्थामा त्यो समस्याबाट भएको क्षतिको क्षतिपूर्ति र आगामी दिनमा यस्तो घटना नदोहरियोस् भनी यो ज्ञापनपत्र पेश गरेका छौं , २०७८ असार ३० गतेका दिनजोतपुर गाउँमाविद्युतको गडबडीले गर्दा हरेक घरमाबल्ब, मोबाइलचार्जर, ल्यापटपचार्जर, पानीमोटर, सिलिङ्गपंखा, स्ट्यान्डपंखा, टेबल पंखा, बोर्ड, मल्टिप्लक, कार्यालयका प्रिन्टर, सिसिटिभी क्यामरा, सिसिटिभी क्यामराको चार्जर नष्टभएकाछन् यो घटना दोस्रो पटकहो । यो समस्या भोलिका दिनमा ठुलो जनधनको क्षतिहुन सक्ने सम्भावनाएकदमै बढी छ । एउटा घरमा झन्नै आगलागी भएको थियो उल्लेख गदै जोतपुर बरघर समितिले क्षतिको अवस्थाका बारेमा लिएको तथ्याङ्कको आधारमा क्षतिपूर्ति सम्बोधन गरियोस् , समय समयमा विद्युतका कारण हुने क्षति रोक्न विद्युतीय व्यवस्थापन तत्काल गरियोस् , विद्युतीय प्रवाह तथा विद्युतीको ट्रान्सफार्म समय समयमा अनुगमन तथा मर्मत गरियोस् , बिजुलीको मुख्यतारको लाइन चुडिएको बेला जोड्ने बेला विद्युतका कर्मचारीले हरेक घरधुरीबाट रु. ५० का दरले उठाएकोले सो व्यथिति रोकियोस् , विद्युत कार्यालयले कर्मचारीहरुको गतिविधिको अनुगमन गर्नुका साथै हरेक गाउँमा या कार्यालयमा गुनासो संयन्त्रको व्यवस्था गरियोस् ,पोलबाट घरमामिटर जडान गर्दा या तार चुडिएको अवस्थामा विद्युत प्राधिकरणका कर्मचारीले लिने गरेको रु. ५०० बारे विद्युतले बिल भपाई देओस् या लिन बन्द गरियोस् लगायतका मागहरु राख्दै जोतपुर बरघर समिति, युनिक नेपाल, युनिक स्पोर्ट्स् क्लब, सुम्मत कृषि सहकारी, ग्रामिणयुवाविकास समाज, जोतपुर संघर्या बगाल, जंग्रार साहित्यिकबखेरी र बर्दियालीथारु विकास मञ्चको संयुक्तपहलमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र हस्तान्तरण पश्चात विद्युत प्राधिकरण वितरण केन्द्र, राजापुरका कार्यालय प्रमुख तिवारीले प्राविधिक समस्याले भएको तर आफु क्षतिपूर्तिका लागि केन्द्रसँग पहलगर्ने कुरा बताउदै विद्युतको मिटर जडानका बेला रु. ५०० र मुख्यता र जोड्ने बेलामा कर्मचारीले प्रत्येक घरधुरीबाट रु. ५० उठाएर लिएको भन्ने कुरा आफुलाई थाहा नभएको, यस्ताखाले कुनै अनियमितता भएमा आफुलाई तुरुन्तफोन गरी जानकारी गराउनु होला बताउनु भयो ।
क्षतिपूर्ति माग सम्बन्धि ज्ञापनपत्र बुझाउने टोलीमा राजापुर नगरपालिकावडा नं. ६ का वडाअध्यक्ष महेश चौधरी, बर्दियाली थारु विकास मञ्चका अध्यक्ष तथा थरुहट थारुवान युवाशक्तिका केन्द्रिय संयोजक सितारामथारु, ग्रामिण युवा विकास समाजका अध्यक्ष बिमल चौधरी, सुम्मत कृषि सहकारी संस्था लि.का अध्यक्ष रघुरामथारु लगायतको सहभागीता रहेको थियो ।