Loading... आजः बुधबार , माघ ९, २०८१

विधानसभामा मिडिया पस्न दिँदैन भने प्रत्यक्ष प्रशारण गर्नुपर्छ- पासङ शेर्पा


गान्तोक, 20 मार्च। आगामी 23 मार्चदेखि हुने सिक्किम विधानसभाको बजेट सत्रमा सरकारी मिडिया बाहेक अरु मिडियाकर्मीहरूलाई कोरोना भाइरसको कारण देखाएर प्रवेशमा लगाएको प्रतिबन्धको चौतर्फी विरोध शुरु भएको छ। यसै प्रशङ्गमा केम्पियन 371एफ-का संयोजक पासङ शेर्पाले प्रतिक्रिया व्यक्त गर्दै जनतालाई जनप्रतिनिधिहरूको उपस्थितिमा सदनमा भएको कार्यहरूको जानकारी पाउने पूर्ण अधिकार छ। उक्त दिन सदनमा स्थानीय मिडियालाई प्रवेश नदिनु भनेको कोविड 19-को बहाना बनाएर जनतालाई सरकारले आफ्नो कम्जोरी लुकाउन गरिएको प्रयोसकोरूपमा मान्न सकिन्छ। पछिल्लो एसडीएफ सरकारमा सदनको कार्वाहीलाई प्रत्यक्ष प्रसारण नगरेको भन्दै आफ्नो घोषणा पत्रमै विधानसभाको सम्पूर्ण गतिविधि जनतालाई प्रत्यक्षरूपमा प्रसारण गर्ने घोषणा गरेर सत्तामा आएको एसकेएम पार्टीले प्रत्यक्ष प्रसारण गर्नको साटो मिडियामाथि नै रोक लगाउनु प्रजातन्त्र माथि नै घातक रहेको बताए। उनले भारतको सदनमा समेत मिडियालाई रोक नलाएको अवस्थामा सिक्किममा यस्तो हुनु गलत रहेको बताए। उनले तर्क प्रस्तुत गर्दै भने, राजधानी दिल्लीमा पुगेर सिक्किम आएका विधायक मन्त्रीहरू भने सदनमा पस्न पाउने तर स्थानीय मिडिया भने कोरोनाको प्रकोप देखाएर पस्न नपाउनु सरकारको षड्यन्त्र मान्न सकिन्छ। उनले निश्चित सतर्कता अवलम्बन गरेर मिडियालाई प्रवेश गर्न दिनुपर्ने नत्र आफ्नो घोषणा अऩुरूप विधानसभाको सम्पूर्ण क्रियाकलापको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग गरे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!