Loading... आजः शनिबार , श्रावण १२, २०८१

विपक्षी दल एसडीएफले आफ्नो प्रवक्तालाई आफै कुटेर सरकारको बद्नाम गर्ने षडयन्त्र गर्दैछः जेकब खालिङ


गान्तोक, 16 जून। सिक्किमको सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमाथि मनगढ़न्त आरोपहरू लगाएर सिक्किम सरकारलाई बद्नाम गर्ने षड़यन्त्र गरिरहेको आरोप लगाएको छ। एसडीएफ पार्टीले आफ्ना विभिन्न संवाददाता सम्मेलनहरूमा एसकेएम सरकारमाथि लगाएका आरोपहरूप्रति प्रतिक्रिया गर्दै एसकेएम प्रवक्ता जेकब खालिङले यस्तो आरोप लगाएका हुन्।

राजधानी गान्तोकस्थित पार्टी मुख्यालयमा आज आयोजित एक संवाददाता सम्मेलनमा प्रवक्ता खालिङले एसडीएफ पार्टीमाथि यो कोरोना महामारी अवधि एसडीएफले लगभग 17 वटा संवाददाता सम्मेलन आयोजन गरेर राज्य सरकारलाई बद्नाम गर्ने काम मात्र गरेको पनि बताए। उनले एसडीएफ प्रवक्ता जेबी दर्नालमाथि भएको हमलामा एसकेएमको हात रहेको आरोप लगाएर एसडीएफले सस्तो राजनीति गरिरहेको पनि आरोप लगाए। उनले एसकेएम सरकारलाई बद्नाम गर्न एसडीएफले आफ्नै प्रवक्तामाथि हमला गराएको हो भनी दाबी पनि लगाए।

उनले 2014 मा एनके गुरूङको हत्या गरेर एसडीएफले जसरी राजनीतिक फाइदा उठाएको थियो, त्यसरी नै प्रवक्ता दर्नालको पनि हत्या गरेर यसको आरोप एसकेएम सरकारमाथि लगाएर एसडीएफले राजनीतिक फाइदा उठाउने षड़यन्त्र गरेको थियो भनी गम्भीर आरोप लगाए। प्रवक्ता खालिङ एसडीएफका प्रवक्ता दर्नाल र प्रमुख प्रवक्ता एमके सुब्बामाथि पनि निकै खनिए। उनले प्रवक्ताद्वय दर्नाल र सुब्बा पराजयको पर्याय बनिसकेका छन् भन्दै उनीद्वय एसडीएफमा हुनु भनेको एसकेएमकै हितको विषय रहेको बताए। उनले प्रवक्ताद्वयलाई एसडीएफको चोला नउठेसम्म सोही पार्टीमा बसिरहन सुझाउ दिए।

Insert your Ads code here

अर्कोतिर, प्रवक्ता खालिङले सिक्किम देशकै एउटा यस्तो राज्य रहेको ठोकुवा गरे जसले आईसीएमआरको दिशानिर्देश अनुसार काम गरिरहेको छ। अर्कोतिर, राज्यमा राष्ट्रपति शासन लगाउनुपर्ने एसडीएफको मागलाई जोक अफ द इयरको संज्ञा दिँदै जनताले पाँच वर्षका लागि मतदान दिएर बनाएको सरकारलाई लडाउन राष्ट्रपति शासन लगाउने माग लिएर गए एसडीएफ पार्टी आफै हाँसोको पात्र मात्र हुने खालिङले दाबी गरे।

सरकारले बजेट नहुँदा पनि कतिपय योजनाहरू अनुमोदन गरिरहेको विषयमाथि प्रतिक्रिया जनाउँदै खालिङले पुरानो सरकारले भुक्तान नगरेको 700 करोड़ बील एसकेएम सरकारले तिरेको दाबी गरे। यसैगरी उनले राज्य सरकार कोरोना भाइरससित लडिरहँदा एसडीएफ भने सरकारसित मात्र लडेको आरोप लगाउँदै एसडीएफले जति नै आरोप लगाए तापनि देशका नाम चलेको संस्थान र मीडियाले सिक्किमको सराहना गरेको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!