मंगलबार विपद् पश्चातको सामाजिक आर्थिक पुर्नलाभ योजनाको मस्यौदा माथि छलफल तथा सुझाव कार्यशाला राजापुर नगरपालिकामा सम्पन्न भएको छ ।
Insert your Ads code here
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरी उप प्रमुख मनकला कुमारी चौधरी प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी राजापुर नगरपालिका वडा नं ५ का अध्यक्ष राम बहादुर चौधरी, वडा नं २ का अध्यक्ष धरणीधर चौधरी, तयार नेपालका लोक नारायण पोखरेल,बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, लगायतवडा सदस्य राजापुर नगरपालिका बिषयगतसाखाका प्रमुख स्थानिय विपद् व्यवस्थापन समितिका सदस्य, सुचना अधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
विपद् पश्चातको सामाजिक आर्थिक पुर्नलाभ योजनाको मस्यौदा माथि छलफल तथा सुभाव कार्यशालामा विपद पछिको सामाजिक आर्थिक पुर्नलाभको लागि योजना प्रस्तुती गदै एस डि आई सी सस्थाका परामर्श कर्ता होमनाथ गैरै गरेको मस्यौदामा बाढी डुबानको आर्थिक नोक्सानी र असर,पुनर्निमाण र पुर्नलाभको आवश्यकता,जोखिम न्यूनीकरणको योजना, कोभिड १९ महामारीको असर र त्यसको आवश्यकता लगायत विषय रहेको थियो ।
अमेरीकी अन्तराष्ट्रिय सहयोग नियोगद्धारा संञ्चालित तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा गरिएको कार्यक्रममा प्रस्तुत गरिएको मस्यौदामाथि बृहत छलफल गरिएको थियो ।