असार १७ राजापुर,
राजापुर नगरपालिका वडा नं. ३ ले सोमबार विपन्न दलित परिवारलाई बाख्राका पाठी वितरण गरेको छ ।
एक कार्यक्रमका बीच ३ नं. वडाका ९ जना दलित परिवारलाई बाख्राको पाठी वितरण गरिएको हो ।
३ नं. वडाका वडा अध्यक्ष प्रसादु थारूले दलित समुदायलाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उदेश्यले बाख्राका पाठी वितरण गरिएको बताउनुभयो ।
आर्थिक बर्ष २०८१/०८२को वडाबाट छुट्टाएको बजेटबाट विपन्न दलित परिवारकालाई जिवीकोपार्जनमा टेवा पुराउन बाख्राका पाठी थियो ।
Insert your Ads code here
कार्यक्रममा वडा सचिव मखन चौधरी लगायत वडा सदस्य सुस्मिता थारू,भागिराम थारू, खिमा कुमारी दमाइहरुको उपस्थित रहेको थियोे ।