विप्लवद्वारा सेक्युरिटी मेसिन खरिदकाण्डमा प्रम वलीको संलग्नताको आशंका
नरेन्द्र विकलाई यातना दिएकोमा घोर भत्सर्ना
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको ठोकुवा गरेका छन। उनले यो सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको बताउदै फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको सूचना प्राप्त भएको छ। यसखाले फासिवादी दमनको पार्टी भत्र्सना गर्दै अधिकारकर्मी, कानुनविद् तथा नागरिक समाजको ध्यानाकर्षण गर्दछ र सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग समेत गरेका छन।
यसैगरी , महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा प्रम केपी वलीकै संलग्नता भएको ठोकुवा गरेका छन। विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल बास्कोटालाई कारबाही गर्न पनि माग समेत गरेका छन्। महासचिव जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरङ्गित भएको छ। सिङ्गो देशले उनको कारबाहीको माग गरेको छ। तर प्रम केपी वली स्वयम् भ्रष्ट मन्त्री बास्कोटालाई बचाउन र घूसखोरी काण्डलाई ढाकछोप गर्न लागिरहेका छन्।’
महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘केपी वली सरकार देशका निम्ति अभिशाप भएको छ। पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ। देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रम वलीका असली चेलाको यो काण्डले देश नै लज्जित छ। यो काण्डमा प्रम वलीकै संलग्नताको आशङ्का छ। हाम्रो पार्टी यो काण्डको निष्पक्ष छानबिनको माग गर्दछ।’
विप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम वलीकै संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ। केपी वली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फासिवादमा चुर्लुम्म डुबेको सर्वविदितै छ। यो सरकार एकातिर भ्रष्टाचार र अर्कोतिर न्यायपूर्ण आन्दोलनमा उत्रिएका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, यातना दिने गरिरहेको छ। फागुन ५ गते विद्यार्थी नेता नरेन्द्र विकलाई गिरफ्तार गरेर चरम यातना दिएको सूचना प्राप्त भएको छ। यसखाले फासिवादी दमनको पार्टी भत्र्सना गर्दै अधिकारकर्मी, कानुनविद् तथा नागरिक समाजको ध्यानाकर्षण गर्दछ र सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग गर्दछ।
तपाइँकाे प्रतिक्रिया
