Loading... आजः बुधबार , फाल्गुन ७, २०८१

विभिन्न ७० अनलाइनमाथि प्रेस काउन्सिलकाे कार्वाही


नेपाल प्रेस काउन्सिलले ७० ओटा अनलाइनलाई देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ। लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचार संस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलले जनाएको छ।

चैत १० गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा यस्ता अफवाह फैलाउने सञ्चार संस्थाहरूलाई कारबाही गरिएको हो। प्रेस काउन्सिलले धैरैवटा सञ्चार माध्यमलाई सचेत गराउने, स्पष्टिकरण सोध्ने र नमानेको अवस्थामा कारबाही समेत गरिरहेकाे छ। मुख्य गरी अहिलेको अवस्था बिना तथ्य समाजमा भ्रम फैलाउने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाहीको दायरामा ल्याएकाे छ।

प्रेस काउन्सिलको विज्ञप्तिअनुसार लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको छ। यस्तै, २२ वटालाई सचेत गराइएको छ। ४० वटालाई निर्देशन दिइएको छ। १४ वटाको ध्यानाकर्षण गराइएको भने एउटालाई अन्तिम चेतावनी दिइएको छ। यस्तै, ७० ओटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ। बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका बुझिएको छ।

Insert your Ads code here

वेभसाइट ब्लक गरिएका अनलाइनहरू भने सबै बिना दर्ता सञ्चालन भइरहेका थिए। ती अनलाइनहरु न सूचना विभागमा दर्ता छन्, न प्रेसकाउन्सिलबाट नै अनुमति लिएका छन्। यस्ता अनलाइनहरू जो दर्ता नभइकन नै समाजमा भ्रमपूर्ण समाचार फैलाएका छन, तिनीहरूको नेपालभर प्रशारण बन्द गर्न दुरसञ्चारमा पठाईएकाे हो।

बन्दभएका अनलाइनहरूले कोरोनाका कारणबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेकोलगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ। यस्तै, यस अवधिमा विभिन्न कोरोना संक्रमण सम्बन्धी समाचार उपर पनि प्रेस काउन्सिलमा उजुरी परेको थिए। यस्ता उजुरी पर्ने सञ्चार संस्थामा न्युज–२४, हिमालय टेलिभिजन, सगरमाथा टेलिभिजन, एभिन्युज टेलिभिजन, सेतोपाटी डटकमसमेत रहेका छन।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!