Loading... आजः आइतबार , बैशाख १४, २०८२

विमल गुरुङ र रोशन गिरीलाई सार्वजनिक रूपमा भेट्यो उत्तर प्रदेश गोर्खाली समाजले


नयाँ दिल्ली 7 मार्च। भारतमा गोर्खाहरूको निम्ति छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पुरा गर्ने उद्देश्य वहन गरेकै कारण भूमिगत हुन परेको गोर्खा जनमुक्ति मोर्चाका अध्य़क्ष विमल गुरुङ र महासचिव रोशन गिरी लगभग 3 वर्षपछि सार्वजनिक रूपमा देखा पर्दै भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको छोरोको विहेमा उपस्थिति दिए लगत्तै उत्तर प्रदेशको गोर्खाली समुदायको संगठन गोर्खाली समाजका प्रतिनिधिहरूसित सौजन्यमूलक भेटघाट गरेका छन्।

नयाँ दिल्लीमा अध्यक्ष गुरुङ र महासचिव गिरीलाई समाजका प्रतिनिधिहरूले भेट गर्दै फुलको गुच्छा र भगवान बुद्धको प्रतिमा स्मृति चिन्हको रूपमा भेट गरेका छन्। अनिल थापा, दुर्गेश थापा, गोपाल आले, शेर बहादुर राना, रवि थापा, रवि विश्वकर्मा, दीपक थापा, मनोज कुमार रानाको टोलीले गोजमुमो अध्यक्ष गुरुङलाई भेट गरेर उत्तर प्रदेशका गोर्खाहरूको हित र विकासको निम्ति सहयोग गरिरहने आग्रह गरेको बताइएको छ।

एकातिर भूमिगत जीवन बिताइरहेका दुवै नेता अचानक सार्वजनिक कार्यक्रम मार्फत देखा पर्नुले गोर्खाल्याण्डसित सम्बन्धित राजनैतिक दाउपेच एकाएक गहन भएको छ। भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासितको फोटोले विभिन्न राजनैतिक अडकल अघि आउन थालेको छ भने भाजपाको सङ्कल्प पत्रले भनेको गोर्खाहरूको स्थायी राजनैतिक समाधानको गोरेटो पहिल्याउने दिशामा गोजमुमो नेतृत्व पक्ति र भाजपा केन्द्रिय नेतृत्वबीच तालमेल छ भन्ने सन्देश दिने प्रयासको रूपमा पनि यो भेटघाट र सार्वजनिक हुने प्रक्रियालाई मान्न सकिने देखिएको छ। अर्कोतिर बङ्गाल सरकारले देश द्रोहसमेतको मुद्दा लगाउँदै गोजमुमो नेताहरूलाई भारतबाट बाहिर विदेशमा बस्दै आएको आरोप समेत न्यायालयमा बुझाएर सिर्जना गरेको कठिनाईलाई पनि विमल गुरुङ र रोशन गिरी सार्वजनीक कार्यक्रममा देखा पर्नुले ठूलो अन्तर सिर्जना गर्ने देखिएको छ। अर्कोतिर बङ्गालसित मिल्ने प्रयास गरिरहेको अनि गोर्खाल्याण्डको मुद्दा सरेन्डर गर्ने सोच बनाइरहेको जस्ता आरोपहरूलाई गोजमुमो नेताहरू सार्वजनिक रूपमा भाजपा अध्यक्षसित देखिनु र अन्य क्षेत्रका गोर्खा संगठनहरूले आस्था राखेर भेटघाट गर्नुले सबै आरोपहरू स्वतः खारेज भएको स्पष्ट भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!