Loading... आजः मंगलबार , आश्विन १, २०८१

विमा वाफत को रु ३ लाख भुक्तानी


बर्दिया / बदालपुर

वसन्त साना किसान कृषि सहकारी सस्था राजापुर नपा ५ बदालपुर का सदस्य स्व मिरा देवी थारु का परिवार लाई विमा वाफत को रु ३ लाख प्रदान गरेको अध्यक्ष प्रतिमा चौधरी ले बताउनु भएको छ !

Insert your Ads code here

राजापुर न पा ५ बदालपुर निवासी वसन्त साना किसान कृर्षी सहकारी सस्था लि को अत्तर समूह १ समूह न १२० को सदस्य मिरा देवी थारु ले सानीमा रिलायन्स लाईफ ईन्सुरेन्स लि बाट वसन्त साना किसान कृर्षी सहकारी ले गरी दिएको साना किसान सदस्य म्यादी विमा योजना अन्तगत २०८१ बैशाख २१ गते रु ८५०० तिरी विमा गर्नु भएको थियो !

स्व मिरादेवी थारु पेट को विमारी का कारण असार १३ गते मृत्यू हुनु भए पछी उनका श्रीमान घुम लाल थारु लाई विमा वाफत को भुक्तानी प्रदान गरेको बसन्त साना कृर्षी सहकारी का प्रबंधक माया कुमारी बोहरा क्षेत्रीले बताउनु भएको छ  !

वसन्त साना किसान कृर्षी सहकारी लि का अध्यक्ष प्रतिमा चौधरी ले हाल सहकारी मा १४० जना ले सो विमा गरेको बताउँदै विमा गरेर आफू र आफ्नो परिवार लाई पनि राहत प्रदान हुने भएकोले सबै सदश्यहरु ले विमा गर्नु पर्ने बताउनु भयो !

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!