Loading... आजः शनिबार , श्रावण १२, २०८१

विरहीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन आदेश


जिल्ला अदालत सुनसरीका न्यायाधिस प्रकाश श्रेष्ठले लेखक तथा साँस्कृतिककर्मी अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन आदेश दिएका छन।

सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालत पुर्याएपछि विरही’को स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै न्यायाधिस श्रेष्ठले सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन आदेश दिएका हुन्। सुगर र मेरुदण्डको समस्या रहेका विरही लामो समयदेखि विरामी भएर चितवन भरतपुरस्थित एक अस्पतालमा उपचार गराइरहेका थिए। अस्पतालबाट डिस्चार्ज भएलगत्तै प्रहरीले गिरफ्तार गरी धनुषा लिएको थियो। बुधबार धनुषा अदालतले रिहा गरे पनि प्रहरीले पुनः अदालतबाटै गिरफ्तार गरी सुनसरी पुर्याएको थियो। सुनसरी प्रहरीले म्याद थपको लागि जिल्ला अदालतमा लिएपछि अदालतले आजै १५ दिनको म्याद समेत थपेको छ।

यसैबीच, विश्व नै कोरोनावाट आक्रान्त भै रहेको बेला स्वास्थ्य अवस्था निकै कमजोर भएका विरहीलाई गिरफतार गर्दा र हिरासतमा राख्दा प्रहरीले स्वास्थ्य सम्बन्धि कुनै सचेतता नअपनाएको पाइएको छ। प्रहरीको गलत हर्कतले उनमा कोरोना सक्रमण भए राज्यले जिम्मा लिनुपर्ने जनखबर डटकमले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!