Loading... आजः शनिबार , श्रावण १२, २०८१

विराेध गर्नु भन्दा जनतालाई स्पष्टीकरण दिनु किन अरुले गर्दा बलात्कार अाफुले गर्दा चमत्कार भन्छ एसकेएमः पासाङ शेर्पा


गान्तोक, 24 जनवरी। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले गैर सिक्किमे सुनिल सरोगी नामक व्यक्तिलाई मुख्यमन्त्रीका ओएसडी नियुक्ति विवाद थामिने छाँटमा पुगेको छैन। यसै क्रममा आईएम 371एफ क्याम्पियनका संयोजक पाशङ शेर्पाले सरकारलाई घेर्दै कडा प्रतिक्रिया व्यक्त गरेर ओएसडीको घाउ सुक्न नदिइ अझ बल्जाइदिएका छन्। उनले राजधानीमा पत्रकारहरूलाई सम्बोधन गर्दै भने, जुन सिक्किम स्टेट पब्लिक सर्विसेस एक्ट 2006-को आधारमा पूर्व एसडीएफ सरकारले ओएसडी नियुक्ति गर्दा आन्दोलमा उत्रँदै 371एफ र रुल फोर फोर-को सोझै उल्लङअघन भएको दावी गर्ने एसकेएम सरकारले अहिले त्यही एसडीएफ सरकारले बनाएको कानुनलाई हतियार बनाएर स्पष्टरूपमै धारा 371एफ र रुल फोर फोरलाई उल्लङ्घन गरेको छ। उनले भने, एसकेएमको कार्य गराइले उसैको पार्टी भित्रपनि केही फाइदा लिइरहेका व्यक्तिहरू बाहेक यो निर्णयसित खुशी छैन।

एसकेएम सरकारले गरेको भूलहरू लुकाउन अहिले खेताला लगाएर सिक्किमेको सुरक्षाको निम्ति बोल्दा विरोध गरिँदैछ अनि सरकारले गर्दै आएको विभिन्न कर्तुतहरू लुकाउन एसकेएम पार्टीका प्रवक्ताहरूले पाशङ शेर्पाको खण्डन र विरोध गर्नु भन्दा जनतालाई स्पष्टिकरण दिनुपर्छ अनि जनताको इच्छा विपरित नियुक्त भएको ओएसडी सुनिल सरोगीलाई तुरन्तै बर्खास्त गर्नुपर्छ। उनले भने, अरुले गर्दा बलात्कार आफूले गर्दा चमत्कार भनेजस्तो एसकेएमले काम गरिरहेको छ । यसकारण जसरी एसडीएफ सरकारमा अनिता गुप्तालाई ओएसडी बनाउँदा आन्दोलन गर्दै अल्टिमेटम जसरी दिएक थिए त्यसरी नै हामी जनताको तर्फबाट तुरन्तै ओएसडी सरोगीलाई हटाउनुपर्ने अल्टिमेटम दिन्छौं। एसकेएममका सोशियल मिडिया प्रभारी नवराज गुरुङले ओएसडी बारे स्पष्टिकरण दिँदै कुनै खर्च बिना केन्द्रमा थाँतिमा रहेका मुद्दाहरू समाधान गर्न र केन्द्र सरकारसँग सम्बन्ध बनाउन अनि राष्ट्रिय नेताहरूसित सिक्किमको हितबारे पहल गर्न बिना तलब नियुक्त गरिएको भन्नेकुराको कडा शब्दमा खण्डन गरेका छन्। उनले भने, सरौगी जस्तो व्यक्तिले सिक्किमको निम्ति केन्द्र सरकारमा काम गर्छ भन्नुले अहिलेसम्म के सिक्किम सरोगीहरूले चलाइरहेका छन्। यदी यस्ता व्यक्तिहरूले नै सबै कुरो गर्नेभए सिक्कममा भएका अनुभवी आईएस र एससीएस अधिकारीहरूको गालामा थप्पड हान्नेकाम भएको छ। एसकेएम पार्टीले आफ्नो शुरुवात मै 371एफ र रुल फोरफोर-को उल्लङ्घन गर्ने काम केन्द्रीय मोटरवेकल ऐन 2019, प्रोफेसर महेन्द्र पी लामा र सुनिल सरोगीलाई नियुक्ति गरेर गरिसकेको छ। यो कुरा जनताले बुझिसकेको छ अनि एसकेएम पार्टीले चुनावी घोषणामा लोकल प्रोटेक्सन एक्ट बनाएर यस्ता कुराहरूबाट सिक्किमलाई सुरक्षा प्रदान गर्ने गरेको दावी फोस्रो सावित भएको छ। उनले अझ भने, सिक्किममा व्यवस्था परिवर्तनको नारा लिएर सरकारमा आएको एसकेएमले गरेको कामहरूले फेरि एकपल्ट हात्ति आयो हात्ति आयो फुस्स भन्ने उखान चरितार्थ भएको छ। यसरी नै एसकेएमले अहिलेसम्म आफ्नो घोषणा र चुनावी मुद्दाहरूलाई कतैपनि सम्बोधन नगरेर सत्तामा रहेकाहरूले आफ्नो फायदाको निम्ति हुने कामहरू मात्र गरेर जनताको हक र अधिकार अनि सिक्किमको सुरक्षा पनि दाउमा हालेको दावी गरे। उनले पटक-पटक सुनिल सरोगीको नियुक्तिले सत प्रतिशत 371 एफ र रुल फोरफोरको उल्लङ्घन भएको दावी गर्दै यसबारे सरकारले जनतालाई स्पष्टिकरण दिनुपर्ने अनि साँचो बोल्नुपर्ने माग दोहोऱ्याए।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!