राजनीति खिचातानी बढिरहेका माँझ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन अन्त्य गरेपछि अब के होला भन्ने प्रश्न र द्विविधा उब्जिएको छ।
बजेट अधिवेशनका रुपमा समेत परिचित संसदको चालू बर्षे अधिवेशन किन एक्कासी अन्त्य गरियो भन्ने बारेमा धेरै अनभिज्ञ छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले चालु संसद अधिवेशन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गर्ने निर्णय गरेको थियो।
बजेट सम्बन्धी विधेयक र कानूनहरु पारित भईसकेको र “अन्य विजनेस नभएकोले ” संसद अधिवेशन अन्त्य गर्ने प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले निर्णयका लागि राष्ट्रपति समक्ष सिफारिस गरी पठाएको थियो।
राष्ट्रपतिले पनि आजै साँझ ५ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्ने निर्णय सहितको पत्र पठाउनु भएको छ। नेकपा दलभित्र जारी स्थायी कमिटीको बैठक दौरान सरकारको कामकारबाहीलाई लिएर व्यक्त भएका असन्तुष्टि र प्रधानमन्त्री केपी शर्मा अोलीको अभिव्यक्तिको पार्टी भित्रै भईरहेको विरोधकै बीचमा संसद अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
Insert your Ads code here
अधिवेशन अन्त्य भएपछि संसदमा विचाराधिन रहेका नागरिकता सम्वन्धी विधेयक र अमेरिकी सहयोग एमसिसी अनुमोदन हुने संभावना हाललाई टरेको छ। संसद नरहेको अवस्थामा अब प्रधानमन्त्रीले विधेयक ल्याएर आवश्यक कदम चाल्न सक्ने संभावना रहेको आंकलन नेताहरुको रहेको सरकारी सञ्चार माध्यमले लेखेका छन्।