Loading... आजः शनिबार , श्रावण १२, २०८१

विवाहको खबर सुन्ने बित्तिकै पुग्ने छन् ः वडाअध्यक्ष


 

बर्दिया /राजापुर
विकास निर्माण मात्र नभई समुदायमा जनचेतना अभिवृद्धि गराउन विवाहको खबर सुन्ने बित्तिकै पुग्ने गरेका छन् राजापुर नगरपालिका वडा नं ८का वडाअध्यक्ष राजेश थारु,
थारु समुदायमा देखा पर्ने गरेको सिकलसेल एनिमिया रोग रोकथामका लागि राजापुर नगरपालिका वडा नं ८का वडा अध्यक्ष राजेश थारु,आफ्नो वडाका गाउँ टोल, समाजमा हुने विवाहहुने खबर सुन्ने बित्तिकै सिकलसेल चेक गर्न गराउन , सिकलसेलको वारेमा जानकारी दिन, घर घर पुग्ने गरेका छन् उनी विवाह हुनु भन्दा पहिले सिकलसेल को कुण्डली मिलाउनु पर्ने सिकलसेल छ छैन चेक गरेर मात्र विवाह गर्दा राम्रो हुने भन्दै सिकलसेल एनिमिया रोग को रोकथाम अभियानमा लागेकाछन् ।


वडाअध्यक्ष राजेश थारु भन्नुहुन्छ मेरो वडाको नागरिकहरुलाई कसरी निरोगी राख्ने जिम्मा मेरो पनि हो ,त्यसैले म आफ्नो वडामा कही कतै विवाह भएको खबर सुन्ने बित्तिकै पुग्ने गछु, दुलाहा,दुलही ,अभिभावकहरुलाई सिकलसेलको वारेमा जानकारी दिन्छु, कुण्डली मिलाएर मात्र विवाह गर्न अनुरोध गर्दछु, बताउनु हुदै हाम्रो थारु समाजमा अहिले पनी सिकलसेल को कुण्डली मिलाएर मात्र विवाह गर्नु पर्छ भन्ने कमैलाई मात्र थाहा भएको बताउनु भयो ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!