Loading... आजः शनिबार , श्रावण १२, २०८१

विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपा निर्णय


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अंगीकृत नागरिकताका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए।

नेकपाले निर्णय गरेसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा छिट्टै निर्णय गर्र्ने भएको छ। यसअघि समितिले सबै पक्षबीच सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको थियो।

Insert your Ads code here

विदेशी ज्वाइँलाईसमेत अंगीकृत नागरिकता दिने विषयमा नेकपाभित्रै बहस भए पनि सचिवालय बैठकले ज्वाइँलाई अंगीकृत नागरिकता दिन नसक्ने निष्कर्ष निकालेको छ।

अंगीकृत नागरिकता प्राप्त गरेकी सरिता गिरीले सदनमा नेपालको सार्वभौमिकताविरुद्ध बोलेपछि नेकपा अध्यक्ष प्रचण्डले समिति सभापति शशी श्रेष्ठलाई बोलाएर ७ वर्षको प्रावधान राखेर तत्काल विधेयक टुंगो लगाउन आग्रह गरेका थिए। त्यस लगत्तै छलफल नै ठप्प भएको विधेयक एकाएक अगाडि बढेको छ।

नेकपाको प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत नभए पनि अब नेकपाले बहुमतका आधारमा निर्णय गरेर विधेयक टुंगो लगाउने भएको छ। वैवाहिक अंगीकृत नागरिकताका बारेमा सहमति नजुटेपछि नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको थियो।

नेपाली कांग्रेस, मधेसवादी दललगायतले भने तत्काल नै अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्दै आएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!