विश्वकै १० मध्ये एक अन्नपूर्ण पदमार्गलाई व्यवस्थित गरिँदै
पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपूर्ण पदमार्गमसगै आसपासका पदमार्गलाई लकडाउनका समयमा व्यवस्थित बनाउने काम भैरहेको छ। कास्कीको अन्नपूर्ण गाँउपालकाले आफनो क्षेत्रमा पर्ने अन्नपूर्ण पदमार्ग अन्र्तगत अष्ट्रेलियन क्याम्प सिढी निर्माणको काम सुरु गरेको हो । पोखरादेखि अन्नपूर्ण आधार शिविर पुग्न सकिने सो बाटो बनेपछि यात्रा थप सहज हुनेछ। काडे अष्ट्रेलियन क्याम्प हुँदै पितम देउरालीसम्मको बाटो निर्माण कार्य शुरु भएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो।
“अन्नपूर्ण आधार शिविर जान लागेका पर्यटक लडेर दुई पटकसम्म हात खुटा भाँचियो, सामान्य घाइते त धेरै भए, गत वर्ष बाटै शुरु गर्ने भनेको हो” पदमार्ग बनाउने काममा स्थानीयवासीलाई नै काममा लगाएको अध्यक्ष कुँवरको भनाइ छ। लकडाउनका काम नपाएका स्थानीय सगै मजदुरलाइ राहत भन्दा अन्य ११ ठाँउमा पनि सिँढी बनाउने काम लगाएको उहाँले जानकारी दिनुभयो।
धेरैजसो स्थानीय तहमा राहत वितरणमा भेदभाव भएको गुनासो विच गाउपाललिकाले रहत भन्दा रोजगारीलाई ध्यान दिएर अघि बढेको भनाई कुवरको छ। कामका आधारमा राहत दिने थितिी बसाल्न लागेको भन्दै दिनभरी काम गर्ने र बेलुका खाद्यन्य लैजाने परिपाटी गाउपालीकाले सुरु गरेको उहाँले बताउनुभयो।
गाँउपालिकाको ३० लाख सहयोगमा अन्नपूर्ण ३ को नयाँ चौतारा सेलिङ तथा गोलडाँडा माथी सिढी हाल्ने काम भैरहेको निर्माण समितिका अध्यक्ष विकास गुरुङले बताउनुभयो। गोरखापत्र अनलाइनका अनुसार डेढ किलोमिटर बन्न ३० जना मजदुरलाई काम गर्न लगाइएको छ।
काम १ महिनामा सक्ने उहाँले जानकारी दिनुभयो। चक्रिय अन्नपूर्ण पदयात्रामा जाने अधिकाशं पर्यटक अन्नपूर्ण आधार शिविरसम्म पुग्ने गरेका छन्। कास्कीको अन्नपूर्ण गाँउपालीकामा पर्ने अन्नपूर्ण आधारशिविर सम्म जाने पदमार्गलाई व्यवस्थित वनाउने काम सुरु गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो।
पदमार्गका आवश्यक स्थानमा पुल बनाउने, वाटो मर्मत गर्ने, आवश्यक पुर्वाधार थप्ने लगायतका काम सगै वाटो र नाला सभा गर्ने काम भै रहेका छन् । यो क्षेत्र पर्यटनका लागि अथाहा सम्भावना वेकेको क्षेत्र भएकाले यसलाई व्यवस्थित सगै एक पटक आएका पर्यटकलाई पुनः आउने वाताबरण वनाउने काममा आफुहरु लागेको उहाको भनाई छ। यस्का लागि सरोकारवाल सवै निकायको साथ र सहयोगको खाँचो रहेको उनको भनाई छ।
अन्नपूर्ण पदमार्गको सन १०१९ मा एक लाख ८१ हजार पर्यटकले भ्रमण गरेका थिए। पदमार्गको भ्रमण गर्नेमा दक्षिण एयिाली देश सार्क राष्ट्रका ५३ हजार ७ सय १० र अन्य देशका एक लाख २७ हजार दुई सय ९० जना रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखरा कार्यालयका सुचना अधिकारी क्रषी वरालले जानकारी दिनुभयो ।