Loading... आजः शनिबार , श्रावण १२, २०८१

विश्व पर्यावरणमा भइरहेको विध्वशंमा पवित्र क्रान्ति हो धरतीको निम्ति दश मिनटः पवन चामलिङ


गान्तोक, 25 जून। सिक्किमको प्रमुख विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले विहिबार धरतीको निम्ति 10 मिनट कार्यक्रम पालन गऱ्यो। 2009 सालमा एसडीएफ पार्टी सरकारमा हुँदा शुरू गरिएको पर्यावरण संरक्षणको विशेष कार्यक्रमको रूपमा चर्चित धरतीको निम्ति दश मिनटलाई यसपाली सत्तादेखि बाहिर रहेर पनि पालन गरेको छ। एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ अनि पार्टीका अन्य वरिष्ठ कार्यकर्ताहरूले एसडीएफ पार्टी मुख्यालय परिसरमा विरूवा रोपण गरेर विधिवत रूपमा कार्यक्रम पालन गरेको छ। बिरूवा रोपनपछि पत्रकारसँग बोल्दै एसडीएफ अध्यक्ष पवन चामलिङले भने, धर्तीको निम्ति दस मिनट भन्ने कार्यक्रम एसडीएफ पार्टी र सरकारले शुरु गरेको हो। प्रकृतिमाथि हुने अतिक्रमण छ, विश्वमा प्राकृतिक विध्वंश भइरहेको छ त्यसमाथिको यो पवित्र क्रान्ति हो। जसबाट सृष्टिलाई बचाउने सन्देश सिक्किमदेखि देश दुनियाँसम्म दिने हाम्रो एसडीएफ पार्टीको कोशिष हो।

धरतीको निम्ति दश मिनट विश्वमा पहिलोपल्ट धरतीको निम्ति समर्पण गर्ने एउटा कार्यक्रम हो भन्दै आफ्नो कार्यकालमा प्रत्यक्ष अनि अप्रत्यक्षरूपमा पालन गर्दै आएको जानकारी दिए। अध्यक्ष चामलिङले अप्रत्यक्षरूपमा यसको लागु गरेका कुराहरूलाई जानकारीमा ल्याउँदै सबैभन्दा पहिले सरकारी कार्यक्रम, योजनाहरूमा बजेटको 1 प्रतिशत रकम पर्यावरण सुरक्षामाथि खर्च गर्ने, जतिपनि विकासका कामहरू गर्दाखेरी पर्यावणको क्षति भए त्यसलाई क्षतिपूर्ती गर्ने कामहरू सञ्चालन गर्ने काम गरेको जानकारी दिए। उनले वर्षमा दुईवटामात्र रुख काट्न पाउने अनि एउटा रुख काटिए 10 वटा रोप्नुपर्ने नियम बनाएको बताए।

Insert your Ads code here

उनले जनतालाई पनि बाँझो बारीमा बिरुवा लगाउने दिशामा जनतालाई जागरुकता गराउने काम गरेको पनि बताएका छन्। उनले आफ्नो सरकारको कार्यकालमा वन जङ्गल पाँच प्रतिशत बढेको कुरा सार्वजनिक गर्दै सिक्किममा पर्यावरण सन्तुलित बनेर देशै नमुनाको राज्य बनेको बताए।उनले जनताले पनि पर्यावरणलाई एउटा जन आन्दोलनकोरूपमा लिएर काम गरेको अनि गौचरणजस्ता कामहरू बन्द गरेको कुराहरूले पर्यावरण संरक्षणमा काम गर्न सफल भएको जानकारी गराए। उनले आफ्नो सरकारको कामको सिद्धान्त नै इको फ्रेण्डली भएको बताएका छन् भने सिक्किमको विकासको कामहरू इको फ्रेण्डली गरिएको कुरा बताए। उनले औद्योगिक कारखानाहरूमा पनि पर्यामैत्रीहरूलाई मात्र सिक्किममा ल्याइएको बताउँदै एउटा कम्पनी एलाइस्कालाई हटाएको पनि बताए।

उनले पर्यावरण र पृथ्वीलाई बचाउने काममा एसडीएफ पार्टीको सरकारले जैविक मिशन जस्तो कार्यक्रम शुरु गरेको र यो देश-विदेशलाई सन्देश दिने एउटा माध्यम बनाएको पनि जानकारी गराए। उनले एसडीएफ पार्टीको कार्यक्रम पर्यावरण र पृथ्वीसँग एकिकार भएर बस्नुपर्ने बताए। उनले पर्यावरणलाई बचाउन नसके मानव जीवन पनि लामो छैन भनि बताए। यसका साथ एसडीएफले राज्यभरि आफ्ना कार्यकर्ताहरूलाई पनि कार्यक्रम आयोजन गर्ने निर्देश जारी गरे मुताबिक राज्यभरि विभिन्न एसडीएफ कार्यकर्ताहरूले धरतीको निम्ति दश मिनट कार्यक्रम अन्तर्गत विरूवा रोपेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!