Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

विश्व पर्यावरण दिवसको अवसरमा राज्यपाल र मुख्यमन्त्रीद्वारा बिरूवा रोपन


सिक्किमको प्रत्येक विधायकले जुलाई महिनासम्ममा आफ्नो क्षेत्रमा एक-एक हजार विरूवा रोप्नेछन् मुख्यमन्त्री तामाङ
गान्तोक, 5 जुन। सिक्किमको प्रत्येक विधायकले आगामी जुलाई महिनासम्म एक एक हजार विरूवा आफ्नो निर्वाचन क्षेत्रमा लगाउने कार्यक्रम रहेको मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्वपर्यवारण दिवसको अवसरमा जानकारी दिए। आजदेखि उक्त अभियान चल्ने राजभवनमा आयोजित विश्व पर्यावरण दिवसको संक्षिप्त कार्यक्रमको अवसरमा मुख्यमन्त्रीले बताए। यसका साथै राज्यको प्रत्येक नागरिकले एक एकवटा विरूवा लगाउने आह्वान गर्दै पर्यावरण सचेतनालाई आफ्नो जीवनमा आत्मसात गरेर जीवनको महत्वपूर्ण अंग बनाउनुपर्ने आह्वान पनि गरे। उनले सिक्किमबासीलाई अहिलेसम्म वन विभागले मात्र पर्यावरण सचेतनाको सन्देशदिने गरेको तर अब वन विभागले मात्र नभएर प्रत्येक व्यक्तिले पर्यावरणको महत्व बुझ्नुपर्ने बताए। यसैगरि सिक्कमलाई सुन्दरताले गर्दा चिनिने भएको हुनाले यसको निम्ति पर्यावरण महत्वपूण रहेको बताए। यहाँको पर्यावरण र मौसमले चिन्छ सबैले यसलाई जोगाउनुपर्छ भन्ने आह्वान गर्दै विश्व पर्यावरण दिवसलाई सधैं भरिको लागि कायम राख्नुपर्छ जसले हाम्रो राज्य सुन्दर र हरियाली होस भन्ने कामना गरे। विधायकहरूले विरूवा रोप्नुपर्ने निर्णय सत्तारूढ एसकेएम पार्टीले गरिसकेको जानकारी दिए।

यसैगरि राज्यपाल गंगा प्रसादले पर्यावरणबारे जनतालाई सन्देश दिँदै हामीले कसरी जीवन जिउने तय गर्नुपर्छ। पर्यावरण प्रदूषणले विरामी फैलिन्छ त्यसैले पर्यावरण शुद्ध राख्नुपर्छ भन्ने आह्वान गरे। उनले धरतीमा धेरै यस्ता पौधा रहेको जसले पर्यावरणलाई शुद्ध पार्ने गरेको विशेष गरेर पिपलको रूखले दिने स्वच्छताको पनि उनले चर्चा गरे। उनले अहिले फैलिरहेको प्रदूषणलाई रोक्न अधिक भन्दा अधिक पहल हुनुपर्ने अनि औषधीय पौधाहरू रोप्नुपर्ने बारेमा पनि अवगत गराए। यसैगरि पौधाले पर्यावरणलाई बचाउँने भएकै कारण एक पहलको रूपमा विश्व पर्यावरण दिवस पालन हुने गरेको पनि अवगत गराए। वन विभागका मन्त्री कर्मा लोडे भुटिया, विभागीय अधिकारी तथा अन्यको पनि विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा औषधीय वनस्पती गुर्जोको विरूवा राज्यपाल र मुख्यमन्त्रीको वाहुलीबाट लगाइयो। यसैगरि गुराँसको विरूवा पनि रोपिएको थियो। आजदेखि नै सिक्किम सरकारले पनि भारत सरकारको राष्ट्रिय अभियानमा जीवनको निम्ति अमृता नामक औषधीय वनस्पती गुर्जो रोपऩ कार्यक्रम पनि शुरु गरेको छ। राष्ट्रिय औषधीय वनस्पती बोर्डले यसको निम्ति सिक्किमलाई एक लाख विरूवा प्रदान गरेको छ। अर्कोतिर विन विभागका सचिव एमएल श्रीवास्तवले सिक्किमको वन बढेको अनि यसको श्रेय सिक्किमे जनतामा पर्यावरण सचेनता आएको कारण सम्भाव भएको बताए। यसैगरि वन विभागले पर्यावरणमाथि आज अनलाइन क्वीज प्रतियोगिता आयोजन गऱ्यो जसमा प्रथमलाई 20 हजार दोस्रोलाई 15 अनि तेस्रो स्थानमा आउनेले 10 हजार नगत पुरस्कार प्रदान गरिने छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!