Loading... आजः शनिबार , श्रावण १२, २०८१

विश्व पर्यावरण दिवस र सागादावामा ओपन रोडवन्डरर्स मोटरसाइकल क्लबले गऱ्यो रक्तदान


गान्तोक, 5 जुन। विश्व पर्यावरण दिवास अनि सिक्किमेहरूको पावन पर्व सागा दावाको अवसरमा रक्तदान जीवनदान भन्ने आहानलाई चरितार्थ गर्दै सिक्किमको ओपन रोडवन्डरर्स मोटरसाइकल क्लबले एसटीएनएम अस्तपतालमा रक्तदान शिविर लगाएर रक्तदान गरेको छ। महामारी कोविड 19 को कारण अस्पतालहरूमा रक्तदान गर्न आउनेहरूको कमीको कारण दैनिकरूपमा रोगीहरूलाई चाहिने रगतको मात्रा पुऱ्याउन निक्कै हाम्मे हाम्मे परिरहेको बेला यसरी युवाहरूले स्वेच्छाले रक्तदान गरेका हुन्। क्लबका अध्यक्ष रोशन बानियाँले आज 50 जनाभन्दा धेरैले रक्तदान गर्ने निर्णय गरेको बताए। उनले सालैपिछे यसरी नै रक्तदान गर्दैआएको अनि आजको दिन भने विश्व पर्यावरण दिवस अनि सागा दावाको पावन अवसरमा एसटीएनएम अस्पतालसित सम्पर्क गर्दा अहिले महामारीको समय मानिसहरू कम्ति निस्केर रक्तदान गर्न नआइरहेको थाहा पाएपछि क्लबका सदस्य सहित अन्य क्लबहरूलाई पनि समेटेर रक्तदान गर्ने निर्णय गरेको बताए। यसमा उनले क्लबका अन्य सदस्यहरू जो जिल्ला जिल्लामा छन् उनीहरूले पनि आफ्नो आफ्नै ठाउँमा रक्तदान गर्ने बताए। गतवर्ष 20 जनाजतिले गरेको अनि यसपाली अझै धेरै गरेको बताए। आजको रक्तदान शिविरमा सबैप्रकारको प्रोटोकल पालन गरेर रगत दान गरेको बताए।युवा राइडर्सलाई पनि सहयोग मागेर रगत दान गरेको छ। अरूबेला सिक्किमको अन्य अस्पतालहरूमा पनि रक्तदान गर्दैआएको बताए। यो साल अन्य कार्यक्रम विशेष गरेर गर्न नसके पनि सरकारद्वारा कुनै प्रकारको आवश्यकता परेको खण्डमा हामी सबै बाइकर्स तयार रहेको अनि सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए। यसैगरि कोविड वारियरहरूलाई पनि आभार प्रकट गरे।

यसैगरि एसटीएनएमका मुख्य परामर्शदाता तथा प्रभारी ब्लड ब्याङ्क डॉ. सीएम शर्माले आज रक्तदान शिविर आयोजन गरिनु सराहनीय कार्य रहेको बताए। उनले अहिले एसटीएनएममा दैनिकरूपमा 10 युनिट जति रगत चाहिने भएको हुनाले महामारीको समयमा मानिसहरू अस्पतालमा आएर रक्तदान गर्न हिचकिचाइरहेको बताए। यसैगरि यस अवस्था सबैले अघि आएर रक्तदान गर्दा असल हुने बताए। अहिले विशेष गरेर क्यान्सर र डाइलेसिसमा रहेका बिरामीहरूलाई रगत चाहिने गरेको बताए। उनले अस्पतालमा एक दिनमा 1 सय युनिट रगत संकलन गर्नसक्ने रहेको बताए।
रक्तदान शिविर निरन्तर जारी राख्ने निधो गरेको पनि बताए। यसैगरि ओपन रोड वान्डरर्सको आह्वानमा बदरहुड क्लबका 6 जना सदस्यले पनि रक्तदान गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!