Loading... आजः शनिबार , श्रावण १२, २०८१

विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै


आज मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस। सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन विश्वभर ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदै आइएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको छ।

नेपालमा यस वर्ष कोरोनाको प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहे पनि नेपालमा प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारणमार्फत् विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको नेपाल पत्रकार महासंघले जनाएको छ।

कान्तिपुर अनलाइनका अनुसार विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा सन्देश जारी गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले यस वर्ष प्रेस स्वतन्त्रतामाथि खतरा आउन सक्ने नीतिगत वातावरण बनेको बताउनुभयो।

Insert your Ads code here

संघीय सरकार र प्रदेश सरकारले संसदमा पेस गरेका, मस्यौदा गरेका एवम् विचाराधिन अवस्थामा रहेका सञ्चारसम्बन्धी विधेयकहरुमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउन महासंघले निरन्तर आवाज उठाँउदै आएको उल्लेख गर्दै अध्यक्ष आचार्यले अझ कडा निगरानीसहित दबाबमूलक पहलकदमी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!