Loading... आजः शनिबार , श्रावण १२, २०८१

वुहानका सबै नेपाली सुरक्षित रहेको नेपालका लागि चिनियाँ राजदूतको भनाई


चीनले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ। यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न सुझाएको अनलाइनखबरले जनाएको छ।

मंगलबार काठमाडौंमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी चीनमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताउनुभएको हो। वुहानमा रहेका नेपाली विद्यार्थीहरुको समस्या समाधान गर्न बेइजिङस्थित नेपाली दूताबाससँग चिनियाँ विदेश मन्त्रालयको सम्वन्धित विभाग नियमित सम्पर्कमा रहेको भन्दै राजदूत यान्छीले भन्नुभयो, ‘हुपेई प्रान्त र वुहान नगरपालिकाका विदेश मामिला कार्यालय र सम्वन्धित विश्वविद्यालय उनीहरुलाई राम्रो बन्दोबस्ती उपलब्ध गराउने प्रयासमा छ।’

महामारी रोकथामका लागि केही रोक लगाउनु स्वाभाविक भएको उहाँले बताउनुभयो। केही नेपालीलाई चीनमा रोकिएको विषयमा सोधिएको प्रश्नमा उहाँले विमानस्थलमा चेकजाँच गर्दा उनीहरुको तापक्रम सामान्यभन्दा बढी पाएको बताउनुभयो। राजदूत होउले वुहानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने विषय आफूले पनि सुनेको बताउनुभयो। यसका लागि कूटनीतिक माध्यमबाट कुराकानी गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘यदि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न चाहन्छ भने हाम्रो सल्लाह छ कि नेपाली पक्ष विमानस्थल क्वारेन्टाइन, महामारी रोकथाम तथा नियन्त्रणमा पूर्ण तयार रहनुपर्छ र महामारी रोकथामका लागि डब्लूएचओका प्रतिनिधिसँग सल्लाह गर्नुपर्छ।’

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!