Loading... आजः शनिबार , श्रावण १२, २०८१

उहानबाट नेपाली फर्काउने विमान चालक र पर्यटनमन्त्रीबीच भेटवार्ता


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनको वुहानबाट नेपालीहरु ल्याउने नेपाल एयरलाइन्सका वाइडवडीका क्रु मेम्बरहरुको प्रशंसा गर्नुभएको छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजले गत शनिबार कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १ सय ७५ जना नेपालीहरुलाई स्वदेश ल्याएको थियो।

बिहीबार क्रु मेम्बरसँगको भेटपछि योगेश भट्टराईले लेख्नुभयो, ‘कतिपयले आनाकानी गरे, कतिले बहाना बनाए। अन्तिममा एउटा टीम तयार भयो, नेपाल बायुसेवा निगमका वरिष्ठ पाइलट्, पाइलट्, एयर होस्टेज, इन्जिनियर, र कर्मचारीहरु जसले चीनबाट नेपालीहरुलाई सकुशल ल्याउनुभयो। वहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ। आज वहाँहरुलाई राखिएको नगरकोटको खानेपानीको अतिथि गृहमा भेट्दा वहाँहरुको चेहेरामा देखिएको खुशी र मुस्कानप्रति गर्व गर्दछौँ।’

यस्तै मन्त्री भट्टराईले खरीपाटीमा रहेका विद्यार्थीहरुको अनुशासन, संयमता र सरकारप्रति गरेको विश्वासका लागि धन्यवाद दिनुभएको छ। उहाँले सुरक्षा निकाय तथा स्वास्थ्यकर्मी र स्थानीय प्रशासनले गरेको व्यवस्थापन र प्रदान गरेको सेवाको समेत प्रशंसा गर्नुभएको नेपालखबर अनलाइनमा यो समाचार छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!