Loading... आजः शनिबार , श्रावण १२, २०८१

वुहानबाट फर्किएका नेपाली विद्यार्थीमा पनि कोरोना भाइरसको संक्रमण


चीनको वुहान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवकमा भाइरस पाइएको बताउनुभयो। नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो। सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार भाइरस संक्रमित भएको रिपोर्टसहितको विस्तृत विवरण २४ घण्टाभित्र डब्लूएचओमा सरकारले पठाउने उहाँले जानकारी दिनुभयो। ती युवकलाई ३ माघमा डिस्चार्ज गरिएको थियो। व्यक्तिगत गोपनीयताका कारण उनका बारेमा अन्य विवरण सार्वजनिक गरिएको छैन। परिवारका अन्य सदस्य, सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र साथीहरूको पनि रिपोर्ट लिइएको छ।

यसैबीच चीनको वुहानमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना भाइरस संक्रमणको त्रासमा छन्। त्यहाँ सयौं संक्रमित फेला परेका छन्। वुहानमा रहेका अन्य नेपाली विद्यार्थी बेइजिङस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले हालसम्म कुनै नेपालीलाई पनि संक्रमण नभएको जनाएको छ।यस्तै हङकङबाट स्वदेश फर्किएका अर्का एक बिरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगरानीमा राखेका अन्नपूर्ण पोस्टले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!