Loading... आजः शनिबार , श्रावण १२, २०८१

वैदेशिक रोजगारीका नागरिकलाई जलविद्युत् आयोजनामा लगानी अवसर


सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई दुई महत्वपूर्ण जलविद्युत् आयोजनामा कम्तीमा रु पाँच लाखसम्म लगानी गर्ने वातावरण तयार पार्ने भएको छ। ‘विदेशको कमाई स्वदेशमा लगानी गरौँ र आयोजनाबाट आउने प्रतिफल पेन्सनका रुपमा उपभोग गरौँ’ भन्ने ध्येयका साथ सरकारले ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि बढाएको हो।

ताप्लेजुङमा निर्माण हुने धुन्साखोला र सिम्बुवा खोला जलविद्युत् आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा थप बढाउने तयारीसमेत सरकारले गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ती दुवै आयोजनाको निर्माण र सञ्चालनको जिम्मेवारी जलविद्युत् लगानी तथा विकास कम्पनी ९एचआइडिसिएल० को सहायक कम्पनी रेमिट हाइड्रोलाई दिइएको छ।

विदेशमा बस्ने नेपालीले पठाउने विप्रेषणको लगानी गर्ने गरी ७७.५ मेगावाटको धुन्सा र ७०.३ क्षमताको जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढेको नेपालसमाज अनलाइनले जनाएको छ। जनताको जलविद्युत् आयोजना कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको बैठकमा आज ऊर्जामन्त्री वर्षमान पुनले विप्रेषणको लगानी प्रतिशत वृद्धि गर्ने प्रक्रिया थाल्न आयोजनाको जिम्मा पाएको एचआइडिसिएललाई निर्देशन दिनुभयो। ती दुवै आयोजनाका लागि यसअघि ३० प्रतिशत लगानी विप्रेषण र बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्था, विकास साझेदार, स्थानीय बासिन्दा र सर्वसाधारणलगायतबाट जुटाउने गरी लगानी अवधारणा तयार पारिएको थियो। विदेशमा बस्ने प्रत्येक नेपालीले रु पाँच लाख लगानी गर्ने गरी मोडालिटी तयार पारिनेछ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!