Loading... आजः शनिबार , श्रावण १२, २०८१

वैदेशिक रोजगारीमा रहेका एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा


वैदेशिक रोजगारीमा रहेका करिब एक लाख २७ हजार नेपाली नागरिक तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको नेपाल सरकारले बताएको छ। बुधबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विभिन्न मुलुकमा रहेका करिब एक लाख २७ हजार नेपाली तत्काल उद्धार गर्नुपर्ने अवस्थामा रहेको र सरकारले आवश्यक तयारी थालेको बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। मलेसिया, कतार, साउदी अरब, बहरान, ओमान, कुवेतलगायतमा अप्ठेरो अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउनका लागि पूर्वतयारी भइरहेको पनि निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।

लकडाउन खुलेलगत्तै कुन देशबाट पहिले उद्धार गर्ने भन्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको पनि निर्देशक श्रेष्ठले जानकारी दिनुभयो। कतिपय मुलुकले प्लेन चार्टर गरेर पठाइदिन्छौं भनेको जानकारी दिँदै प्राथमिकताका आधारमा विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार गरिने उहाँले बताउनुभयो।

त्यस्तै लकडाउन खुल्ने तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने हो भने तत्काल करिब ४ लाख ७ हजारको हाराहारीमा नेपाली स्वदेश फर्कने तयारीमा रहेको आकलन गरिएको पनि उहाँले बताउनुभयो। ‘कोभिड भाइरसको कारणले विभिन्न मुलुकमा रोजगारी गुमाएर फर्किने नेपालीको संख्या चार लाख ७ हजारको हाराहारीमा रहेको आँकलन गरेका छौं,’ उहाँले भन्नुभयो।

Insert your Ads code here

परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोगहरुको सहयोगमा गरिएको आकलनमा भिजिट भिसामा गएकाहरू, रोजगारी गुमाएर बसेका, विभिन्न देशमा गैरकानुनी कामदारको हैसियतमा बसेका र आममाफी पाएका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था देखिएको हो।

हवाई टिकट काटिसकेका र भिसा सकिएका कारण खाडी मुलुकमा अलपत्रलाई पनि स्वदेश फर्काउनुपर्ने अवस्था रहेको निर्देशक श्रेष्ठले जानकारी दिए। स्वदेश फर्कने श्रमिकहरूको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चुनौती सरकारसामु रहेको पनि उहाँले बताउनुभयो। भारत बाहेकका मुलुकमा करिब १५ लाख नेपाली वैदेशिक रोजगारीमा रहेको पनि उनले जानकारी दिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!