Loading... आजः शनिबार , श्रावण १२, २०८१

व्यवहारीक टेक्नीकल शिक्षामा ध्यान दिनु पर्ने –उप प्रमुख मनकला कुुमारी चौधरी


बर्दिया राजापुर
जेठ ३०
राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरीले राजापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखी राजापुरनगरपालिकाले कक्षा १ देखी ८ सम्म हाम्रो भवरा पाठ्यक्रम लागु गर्न लागेको बताउँदै अब बालबालिकाहरुलाई व्यवहारी टेक्नीकल शिक्षामा ध्यान दिनु पर्ने बताउनु भएको छ ।
राजापुरनगरपालिका वडा नं ३को आयोजनामा भएको शैक्षिक गुणस्तर सुदिृढिकरण सम्बन्धी २ दिने तालिममा प्रमुख अतिथी उप प्रमुख मनकला कुमारी चौधरीले सो कुरा बताउनु भएको हो ।


कार्यक्रमका प्रमुख अतिथी तथा उप प्रमुख मनकला कुमारी चौधरीले सबैले आ –आफ्नो ठाँउबाट गुणस्तर शिक्षाका लागि लाग्नु पर्ने बताउँदै राजापुरनगरपालिकाले लागु गर्न थालेको पाठ्यक्रमको वारेमा जानकारी दिनुहुदै यस पाठ्यक्रमलाई कार्यान्वय गर्न जरुरी रहेकाले त्यस तर्फ सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।
राजापुरनगरपालिका वडा नं ३का अध्यक्ष तथा कार्यक्रमका सभापति प्रसादु थारुले वडा नं ३मा १ आ.वि र २ वटा प्रा.वि रहेकाले अब वडा नं ३मा मा ‍वि बनाउन शिक्षकहरुको भूमिका राम्रो हुनु पर्ने शिक्षामा गुणस्तर सुधार हुन आवश्यकता रहेको कारण यो तालिम प्रदान गरेको बताउँदै कक्षा १० सम्म लागु गर्न सक्ने वातावरणको सृजना गर्न शिक्षकहरुले शिक्षामा ध्यान दिनु पर्ने त्यसका लागि वडाबाट हुने सहयोग गर्ने बताउनु भयो ।


तलिमको उद्देश्य वारे तथा कार्यक्रम संचालन गदै राजापुर नगरपालिका वडा नं ३का वडा सचिब सानु सिजापतिले स्थानिय पाठ्यक्रम कार्यान्वय गर्न र सोका वारेमा जानकारी प्रदान गरी वडा नं ३मा रहेका बिद्यालयहरुको गुणस्तर सुधार गर्न सो तालिम संचालन गरेको बताउनु भयो ।
२ दिने तालिकामा राजापुर नगरपालिका शिक्षा शाखा प्राबिधिक साहायक राज कुमार खड्का, शिक्षक बलराम भण्डारी, शिक्षक प्रर्वानन्द न्यौपाने, सोम प्रसाद चौधरीले प्रशिक्षण दिनु हुने भएको छ ।
राजापुरनगरपालिका वडा नं ३मा रहेका १वटा आ.वि. र २ प्रा.वि. का २६ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!