Loading... आजः शनिबार , श्रावण १२, २०८१

शन चनको “प्रथम नमूना”बाट चीनको सुधार तथा खुलापनको नयाँ शुरुवातको जीवन्त शक्ति प्रदर्शित


अगष्ट १८ तारिख शन चन शहर चिनियाँ विशेषतायुक्त समाजवादको प्रथम नमूना क्षेत्र बनेको पहिलो वार्षिकोत्सव हो। अगष्ट १७ तारिख एउटा उत्साहजनक खबर आयो, शन चनले फाइभ जीका कूल ४६ हजार भन्दा बढी बेस स्टेशनको स्थापना गरी विश्वमा फाइभ जीको पहिलो शहर बनेको घोषणा गरेको छ।
यसका साथै शन चन विशेष आर्थिक क्षेत्रको जन्मको ४० वर्ष हुन लागेको छ। विगत ४० वर्षदेखि शन चनले सर्वप्रथम चीनको सुधार र खुलापनको मार्ग फेला पार्नुका साथै सिमावर्ती क्षेत्रमा पर्ने एउटा पिछडिएको कृषिमुलक जिल्लाबाट विकसित भई जीवन्त शक्ति भरिएको एउटा अन्तर्राष्ट्रिय आविष्कारयुक्त शहर बनेको छ। अहिले शन चन चिनियाँ विशेषतायुक्त समाजवादको प्रथम नमूना क्षेत्रको निर्माणको मार्गमा अघि बढ्दै छ।

सन् २०१८ को अक्टोबरमा चीनका सर्वोच्च नेता सी चिन फिङले विश्वलाई शन चनमा चीनको सुधार र खुलापन तीव्र हुँदै जाने घोषणा गर्नुभयो। यसका साथै उहाँले “चीनमा विश्वको ध्यानाकर्षण केन्द्रित अरु ठूलो चमत्कार हुने” औंल्याउनुभयो। सन् २०१९ को अगष्ट महिनामा “शन चनले चिनियाँ विशेषतायुक्त समाजवादको प्रथम नमूना क्षेत्रको निर्माणको समर्थनबारे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, राज्य परिषदको सुझाव” औपचारिक रुपमा सार्वजनिक गरिएको थियो।

Insert your Ads code here

विज्ञान र प्रविधिको आविष्कार सधैं शन चनको “प्रसिद्ध मार्का” हो। शन चन शहरले “आविष्कार”लाई शहरको विकासका लागि मुख्य रणनीति बनाएर विश्वको आकर्षण केन्द्रित उपलव्धि हासिल गरेको छ। आर्थिक क्षेत्र मात्र नभई शन चनले सांस्कृतिक, सामाजिक र पर्यावरणीय लगायत क्षेत्रमा चौतर्फी विकास प्राप्त गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!