“शिक्षकमा पेशाप्रति अपनत्व भए मात्र शैक्षिक सुधार हुन्छ”
शिब प्रसाद कोइराला
विद्यालयको शैक्षिक सुधार गर्न सक्ने शिक्षकले नै हो । त्यो त्यति बेला हुन्छ, जति बेला शिक्षकको मन विद्यालय भित्र र आफ्नो पेशाप्रति हुन्छ । एउटा असल शिक्षक त्यही हो जो आफ्नो पेशाप्रति स्वतस्फूर्त रुपमा दत्तचित्त भएर लाग्दछ ।
जसले बालवालिकाको भविष्यप्रति हृदय देखि नै चिन्तन गर्ने गर्दछ । अरुबाट सञ्चालित हुन चाहँदैन,आफै सञ्चालित हुन्छ ।सुख सुविधा वृद्धि गराउन चाहनु स्वभावैले मानिसको चाहना र स्वभाव हो। त्यसको लागि माग पनि राख्दै गर्नु पर्छ । तर त्यसैलाई इगो बनाएर बालवालिकाको सिकाईप्रति कदापि खेलवाड गर्न हँुदैन । हरेक शिक्षकले विद्यार्थीको लागि अनुशासनको कुरा गर्छन् तर आफ्नो अनुशासनको कुरा किन गर्दैनन् ? जबसम्म शिक्षक आफू अनुशासित छैन, आफुले गर्नुपर्ने र गर्नसक्ने काम पनि मन लगाएर,कर्तव्य बोध गरेर गर्दैनन्, अनि उपलब्धि कसरी हुन्छ ?आफ्नो पेशालाई अपनत्व मान्ने शिक्षकले आफ्नो विषय र आफूले सिकाउने विद्यार्थीको बारेमा गहन अध्ययन, अनुसन्धान निरन्तर कार्यमूलक अनुसन्धानको रुपमा गर्दै अगाडि बढ्छ । आफ्नो विषयमा कुन विद्यार्थी कस्तो छ, खोज तथा अनुुसन्धान गर्छ,। चासो राख्छ । कुन–कुन विधी÷उपाय कुन स्तरको विद्यार्थीको लागि लागू गर्ने, भन्ने योजना बनाउँछ । कमजोर विद्यार्थीको लागि के गर्ने, कसरी समय निकाल्ने, शैक्षिक सामाग्री, सन्दर्भ सामाग्री आफू कति बनाउने, कहाँबाट खोज्ने, विद्यार्थीलाई एकल वा सामूहिक रुपमा के–के बनाउन लगाउने, स्रोत शिक्षक कसलाई बोलाउने जसले नयाँ–उपाय आफूलाई र विद्यार्थीलाई दिन सकोस् । असल शिक्षक कहिल्यै पनि मै मात्र जान्नेछु भन्दैन । अरुले गरेका राम्रा नमूनालाई स्वागत गर्छ र अनुसरण गर्न खोज्छ । शिक्षक मासिक लगायतका पत्र पत्रिका,बुलेटिन, पढ्ने र अन्य विद्यालयका सफलताका कथा स्टाफ बैठक वा टिफिन समयमा आपसमा साटासाट गर्न चाहन्छ । प्र.अ.र वि.व्य.स.लाई लागू गर्न सुझाव दिने गर्छन् ।
कुनै उपयोगी सामाग्री भेटिए प्र.अ.लाई खरिद गर्न सुझाव दिन्छ । शिक्षक पनि अन्य सामाजिक व्यत्तिm जस्तै समाजमा रहने व्यत्तिm हो, उसको पनि स्वतन्त्र विचार हुन्छ । राजनैतिक चिन्तन हुन्छ तर त्यसलाई विद्यालय भित्र गुटबन्दी गर्ने, विचार धाराको आधारमा आग्रह पूर्वागृही कदापि गर्नु हुँदैन । विद्यालय साझा संस्था हो। कुनै पनि विचार धाराको होइन कलिला वालवालिका कुनै विचार धाराका होइनन् । सबैलाई योग्य बनाउने निष्पक्ष व्यवहार गर्ने दायित्व शिक्षकको हो । समाजमा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने पेशा नै शिक्षक हो । अनि मात्र मर्यादा रहन्छ । सँधै सकारात्मक विचार र व्यवहार गर्ने एउटा मात्र पेशा शिक्षक हो । किनकी शिक्षा दिनु भनेको सकारात्मक व्यवहार र बानी वालवालिकामा बसाउने हो । असल शिक्षकले जहिले पनि कसैको कमी कमजोरी अगाडी नै कारण सहित जनाउँछ र जनाउनु पर्छ भने आफ्ना कमजोरी कसैले औँल्याइदिए धन्यावाद लिएरस्वीकार गर्नु पर्छ । कक्षा कोठामा शैक्षिक सामाग्री लिएर जाने , प्रयोग गर्ने , विधार्थीलाई स – साना समूह वनाएर अभ्यास गराउने ,पाठयक्रम दैनिक वा साप्ताहिक रुपमा अध्ययन गर्ने र सो को मर्म अनुसार उधेश्य केन्दि«त भएर सिकाउने, विधार्थी केन्दि«त विधार्थी लाई वढी जोड दिने र सिकाउनु पर्छ । घण्टी लागे पछि ५ मिनेट भित्र कक्षामा पुग्ने र उत्साह साथ पुरा सम्म कक्षामा मन दिएर क्रियाकलाप गराउने आफूपनि सहभागी हुने ,कक्षा कोठामा मोवाइल नलाने अफिसमै राख्ने व्यवस्था गर्नु पर्छ । जसले गर्दा कक्षामा विषयमा ध्यान केन्दि«त होस् र समय पनि खेर नजाओस ।अति समस्या युक्त वा अति कमजोर वाल वालिकाका अभिभावक लाई सकेसम्म फुुर्सद मिलाएर गाँउमै भेटने र संभव छैन् भने विद्यालयमै वोलाएर विद्यार्थीको समस्या वारे छलफल गरि सुझाव लिने दिने गर्नु पर्छ । आफूले ब्अतष्यल चभकभबचअज ं(कार्यमुलक अनुसन्धान) बाट पाएका उपलब्धी लाई सवै शिक्षक साथी विच प्रवोधिकरण गर्नु पर्छ । जसले गर्दा सुधार गर्ने नयाँ नयाँ उपाय आदान प्रदान मै शैक्षिक स्तर सुधार गर्न , समस्या समाधान गर्न महत मिल्छ । कक्षाको पठन पाठ्न सुधार गनर्, विद्यालयले व्यवस्था गर्नुपर्ने आवश्यक बस्तु व्यबस्था गरि दिन प्र.अ र वि. व्य. स. लाई सुझाव दिनु पर्छ । कहिले काही आफना व्यक्तिगत वा घरायसी अति जटिल समस्या आइप¥यो भने सो समाधान गर्न विधालयका प्र.अ.र शिक्षक साथीहरु संग खुलस्त भन्नु पर्छ र सवैले सहयोग गर्ने वानी वसाल्नु पर्छ । जसले गर्दा छिटो समस्या समाधान भै विद्यालयको पठन पाठ्न कार्यमा छिटो फर्केर मन लगाएर लाग्न सकुन । तर अनावश्यक सुख सुविधा र विलासीताको प्रवृतिलाई भने त्याग्नै पर्छ । मैले यो विद्यालय बाट सके सम्म के लिन सक्छु भन्ने प्रतिस्पर्धा गर्नु भन्दा पनि बढी भन्दा वढी यस विद्यालयको हितको लागी के दिन सक्छु भन्ने कुरामा जोड दिनु पर्छ जसले गर्दा वाल वालिकाको सिकाई राम्रो र भविष्य उज्यालो होस् भन्ने सोच राखेर काम गर्नु पर्छ ।
सामान्य गुजारा चल्ने सुविधा पाइएकै छौ त्यसको सदुपयोग गरेर निस्वार्थी रुपमा सेवा गर्ने हो भने आफनो मर्यादा ,इजजत , प्रतिष्ठा सम्मान आफै प्राप्त गर्न सकिन्छ । बढेर जान्छ । मानिसको काम लाई नै मूल्याङ्कन गर्ने हो, हामी शिक्षकको काम र व्यवहार राम्रो भएन भने कामचोर , वेइमानी , अनैतिक कार्य गर्नमा कहि कतै लाग्यो भने हाम्रो मान मर्यादा इजजत प्रतिष्ठा आफसे आफ घट्छ । यति मात्र होइन् विद्यालय एक संगठित संस्था हो यस भित्रका केहि सदस्यको कुनियत र अल्सीपना र वेइमानीले गर्दा पनि समग्र विद्यालय र विद्यार्थी को सिकाई उपलब्धीमा नकारात्मक असर पर्छ । जसले समग्रमा मिहनत गर्नेले पनि गँहुमा घुन मिसाएर पिसीए झै पिसीएको अनुभुति हुन जान्छ । एउटा असल शिक्षकले आफनो मन ,तन र समयको अधिकांश भाग वाल वालिकाको सिकाई राम्रो बनाउन योजनावद्ध ढंगले खर्चको हुन्छ । कारण बस १–२ दिन विदा बस्दा पनि उसका बालबालिकाको सिकाई प्रति उसको ध्यान जान्छ । बालबालिका के गर्दै होलान भन्ने दिमागमा घुमी रहन्छ । गलत गरेको हेरेर शिक्षक बस्न सक्दैन । उसले विद्यार्थीलाई सकारात्मक सदभाव राखेर सुझाव दिन्छ ।
आज समग्रमा विद्यालयमा देखिएका अवस्था के छ त भन्दा पहिलो कुरा त अधिकांश शिक्षकको व्यवहार हेर्दा उसको शरीर विद्यालय र कक्षा कोठा भित्र पनि मन पुर्ण रुपमा विद्यालय भित्र र कक्षा कोठा भित्र भए रहेको पाइदैन । कक्षा कोठामा ४५ मिनेट बिताउन ज्यादै मुस्किल परेको जस्तो देखिन्छ । पेशा र विषय प्रति देखावटी होइन की आत्मीय रुपमा जिम्मेवार भएको अधिकांशमा देखिएको छैन । आफ्नो कर्तव्य पुरा गरेर सेवा गर्न आत्मा जागरुक हुनु भन्दा पनि जागिर पकाउन अर्काको लागि करकापले काम गरे जस्तो व्यवहार देखिन्छ । हामी शिक्षक खाली घन्टीमा आफ्ना विद्यालयको र विषयगत समस्याको समस्या समाधान गर्न आपसी छलफल,अध्ययन कार्य गर्दैनौ । अर्कोतिर आज अर्को साथी आएको छैन कुनै कक्षा खाली छ बालबालिकालाई एक दुई उपयोगी कुरा सिकाऊँ,खाली बसेर के फाइदा छ र भन्ने सोच राखेर आफुखुसी कक्षामा प्रवेश पनि विरलै गर्ने गरेको पाइन्छ । किनकी यो विद्यालयमा पढने बालबालिका प्रति मेरो आत्मीय सम्बन्ध हुनु पर्छ, हामी एउटै परिवारका सदस्य हौ भन्ने कमै शिक्षकको व्यहारबाट व्यक्त हुन्छ । यो एक विडम्बना हो ।
हामी विद्यार्थीलाई कक्षामा मोवाइल राख्न नदिन चाहन्छौ तर हामी कक्षा चलिरहेको बेला कोठै भित्र वा बाहिर निस्केर लामो समय कक्षा कार्य छोडेर गफिन मन पराउँछौँ । अनि विद्यार्थी के सोच्छ होला ? हाम्रो रुची ध्यान व्यापारमा विजनेसमा, पार्र्र्र्र्र्र्र्र्र्र्र्र्र्टीगत राजनितीमा,कथित मनोरञ्जन र दुुव्र्यसनीमा, टयुसनमा हुन्छ । गहन अध्ययन नै नगरी धेरै ठाउँमा कक्षा ओगटने्, विद्यार्थीलाई जे कुलत हो नगर्नु भन्छौ हामी त्यस्तै कुलतमा कतिपय लम्पट हुन्छौ । विद्यार्थी कै अगाडी र कतिपय शिक्षक विद्यालय हाता भित्र पनि डुङ्ग गन्हाएर प्रवेश गर्ने गरेको पाइन्छ । विद्यालयको कामलाई भन्दा पनि अन्य ठाउँको कामलाई प्राथमिकता दिएर विभिन्न वहाना लगाएर विद्यालय समय भित्र हतार हतार वाहिरिन चाहने प्रवति पनि बढ्हो छन् । यसरी कक्षा कोठा र विद्यालय भित्र विद्यार्थी प्रति लगाव नै नभएपछि । कसरी विद्यार्थीको सिकाइ स्तर माथि उठ्छ ? विद्यालयमा विद्यार्थीको जस्तै आचार संम्हिता बनाएर प्र. अ र वि.व्य.स.ले लागु गर्न खोज्दा तेरो वाउले दिएको जागीर हो र सरकारले दिएको जागिर हो, शिक्षक सेवा वाट छनोट भएर आएको हूँ । कसले के गर्न सक्छ । भन्ने अहंकार पनि प्रत्यक्ष अप्रत्यक्ष रुपले देखाउने गरेको पाइन्छ । प्रजातन्त्रको नाममा छाडातन्त्र चाहेको र व्यवहारमा देखाउने गरेको र दण्ड हिनताको अवस्थाले पनि आज सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्नेको हो । एकातिर आफूलाई पढेलेखेको योग्य भन्न रुचाउँछौ । अर्काेतिर अभिभावक र विद्यार्थी जो हाम्रो समाजमा कम पढेलेखेका र कम चेतना भएका छन् । तिनलाई मिहनत गरेर पटक पटक संम्झाउन र मन जितेर काम गर्ने हाम्रो दायित्व हो भन्ने विर्सन्छौ । अभिभावक चेतनशिल भएको भए त हामी शिक्षकको आवश्यकता नै थिएन । हामी त चेतना जगाउन आएका हौँ । ती अबुझ र उनका छोराछोरीलाई बुझने बनाउने सेवा दिन आएका हौ भन्ने बिर्सन्छौ अनि कसरी विद्यार्थीमा सकरात्मक परिवर्तन ल्याउन सकिन्छ ? कसरी सिकाई उपलब्धी राम्रो बनाउन सकिन्छ ? घन्टी लागे पछि समयमै अन्य काम छोडेर भए पनि मेरो कक्षा छ म समयमा पुग्नु पर्छ र पुरा समय मेरो पाठ योजना अनुसार के के सिकाएर के के उद्देश्य पुरा गर्ने लक्ष्य छ । सो पुरा समय लगाएर कक्षमा गराउने हो भने शैक्षिक सुधार हुन्छ । मिहनत नै नगरी कसरी सुधार होला ? निजी विद्यालयमा तालिमै नलिएका कम सुविधा पाएर ,कम योग्यता भएका शिक्षकबाट कसरी सिकाई राम्रो भयो त ? त्यसको प्रमुख कारण शिक्षक पेशा प्रति लगनशील आत्मीय रुपमा छ । र द्यिार्थीलाई पनि लगनशील बनाएको छ । मुल कारण यही हो । हामीले बनाउन चाहयोे भने अलि मिहनत गर्नु पर्छ सबै पद्धतिमा आवद्ध अभिभावक र विद्यार्थीलाई गराउन सक्छौ । तर हामी आफै सुध्रिन नचाहने भएकाले आफू चोखो भएर दोष विद्यार्थी र अभिभावकमा थोपर्न चाहन्छौ । हामी विदालाई प्राथमिकता दिन्छौ । ८०% शिक्षक आफ्नै मनले खुशीका साथ शुक्रबार र विभिन्न दिवसमा कार्यक्रम गर्न चाहन। बच्चाको प्रतिभाको पहिचान गरेर प्रतिस्पर्धामा उतार्न अतिरिक्त क्रियाकलाप आयोजना गर्न चाहन्न्।ौ हामीलाई घर जानै हतार हुन्छ । गफ गर्न नै हतार हुन्छ अनि कसरी हुन्छ बालबालिकाको प्रतिभाको विकास र स्तर उन्नति ? असल शिक्षकले विभिन्न गैर सरकारी संघ संस्थाले विदालयको पठन पाठन लाई बाधा पु¥याएर कार्यक्रम ल्याए विरोध गर्नु पर्ने हो । प्र.अ.र वि० व्य० स० लाई यस्ता गतिविधी रोक्न सुझाब दिनु पर्ने हो । बन्द हडताल विद्यालयमा गर्न हुदैन भनी विरोध जनाउन पर्ने हो तर कतिपय शिक्षक कार्यक्रम भए , बन्द हडताल भए त विद्यालयबाट छिटो निस्कन पाइने थियो भन्ने मनसाय राखेको पाइन्छ अनि कसरी बालबालिकाको प्रगती हुन्छ ? कोही शिक्षक कर्मचारी, विद्यार्थीको मृत्यु भएमा कथित शोक मनाउन आतुर देखिन्छन् । तर शोक विदा गरेपछि विभिन्न मनोरन्जनात्मक काममा सरिक भएको पनि पाइन्छ । यो प्रचलन पनि गलत छ । मृत आत्माको चिर शान्तिको कामना र शोकाकुल परीवारका सदस्यलाई सान्त्वना दिन विद्यालय बन्द गरेर उस्को घरमा जान पर्ने हो । होइन भने प्रार्थनामा वा अन्तिम घण्टी सबै शान्तिको कामना र शोकाकल पाटी दरका समुहलाई सान्टवना दिन विद्यालय वन्द गरेर जान पर्ने हो । होइन भने प्राथनामा वा अन्तिम घण्टी सवै प्राङ्गणमा अनुशासित ढंगले लाइन लागी १ मिनेट मौन धारण गेर त भैहाल्यो नि । एउटा पढेलेखेको शिक्षित भन्नेले कलिला बाल बालिकाको असल वानि विकास गराएर असल व्यक्तित्व वनाउन्छु भनी सपथ खाएर सेवामा प्रवेश गरेका शिक्षक गुरु जस्तो गरिमामय पदमा बसेर सकेसम्म समयमा विद्यालय नपुग्ने, विद्यालय समय भन्दा पहिलेनै विभिन्न वाहानामा नविद्यालय छोडने, कक्षामा ढिलो जाने छिटो निस्कने, करै करले जाने, आचार संहिता मिच्ने, प्र.अ.ले कक्षा जानुुस् भन्न पर्ने, कक्षामा विना योजना विना शैक्षिक सामग्री जाने कक्षा कार्यमा कक्षा भित्र समय कटाउन गाह्रो मान्ने, नेपालसरकारले तोकेको मूल्याङ्कन पद्धतीलाई व्यवहारिक रुपमा प्रयोग गर्न झंझट मान्ने वा प्रयोग नै नगर्ने, देखावटी रुपमा फर्जी मूल्याङ्कन गर्ने, कपी नै परीक्षण नगरी हचुवा रुपमा अंक दिने, प्र.अ बाट विद्यार्थी जस्तो लखेटिने वातावरण र मानसिकता पाल्ने हो भने आफ्नो मानवता , विवेकशिलता , नैतिक दायित्व कहाँ गयो ? शिक्षकको अर्थ कहाँ गयो ? त्यहि पेशामा रहेर त्यस्कै विरोध गर्ने , त्यहि पेशालाई होच्याउने कस्तो मानिस हो त्यो शिक्षक ? त्यस्ता लाई शिक्षक भएर रहनु कुनै अधिकार छैन् । पेशाचित्त बुझदैन भने छोडेर विकल्प अर्काे रोजे त बालबालिकाको भविष्य माथि त खेलवाड हुने थिएन नि । एउटा असल शिक्षक आफ्नो पेशा प्रति सधैँ गौरव गर्छ । सम्मान गर्छ , उच्च शिर गरेर सो पेशालाई उच्च बनाएर आत्मीयताका साथ कडा मेहनत गरेर बालबालिकाको भविष्य उज्वल बनाउन लागि रहन्छ । जहिले पनि सहयोगी , सकारात्मक सोच राख्ने , बालमैत्री व्यवहार देखाएर संयम भएर व्यवहार गर्छ । विद्यार्थीको विकाशका लागी दुरदृष्टि ९यिलन खष्कष्यल०राखेर अगाडी बढ्ने, कुनै आग्रह पुर्वाग्रह र स्वार्थ, नाफा घाटाको हिसाब नराखी निस्वार्थी रुपमा सेवा गर्न प्रतिबद्ध हुन्छ । खुल्ला हृदयले सल्लाह सुझाव दिन्छ , लिन्छ । आफु नै सर्बेसेवा ठान्दैन । गल्ती स्वीकार गर्छ र सुधार गर्न सदा तत्पर रहन्छ । न्यायपुर्ण व्यवहार गर्छ र आफु चाहन्छ । मैले केही पाउनु भन्दा पनि कति दिन सक्छु भन्ने चेतनाको संवाहकको रुपमा काम गर्छ । पुर्खाको पालाको शिक्षक (गुरुको) जस्तो सम्मान भएन भनेर गुनासो गर्नु भन्दा हामी गुरुको व्यवहार कति गरेका छौ । एक पटक आफै मुल्याङकन गरी आफ्ना कमीकमजोरी सुधारी निस्वार्थ रुपमा आफ्नो पेशामा समर्पित भए मात्र सम्मान र इज्जत सबै पाइन्छ । सिकाइ राम्रो हुन्छ , शिक्षाको स्तर बढ्छ । सबैलाई चेतना होस् ।