Loading... आजः शनिबार , चैत्र १, २०८१

शिक्षामन्त्रीको निर्देशन – लिम्पियाधुरा र लिपुलेकविनाको नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्नू शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठ


 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेक विनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

Insert your Ads code here

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुरानै नक्सा छापिएको पाठ्यपुस्तक बेचेको पाए पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन पनि दिएका छन् । 

 ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ मन्त्री श्रेष्ठले भने । 

अधिकांश विक्रेताले  नेपालको पुरानो नक्सा उल्लेख गरी विक्री गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

बैठकमा केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक विक्री गरेका प्रकाशक र विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिनु भयो ।

बैठकले कक्षा ६ देखि ८ सम्मका विभिन्न विषयका पाठयक्रम स्वीकृत गरेको छ ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!