Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा चिनाउन सकिने नगर प्रमुख थारु


 

मिन अधिकारी
बर्दिया राजापुर
बर्दियाको राजापुरमा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । संस्थागत विद्यालयको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालयको आयोजनामा आज भव्य लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो ।


कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख दिपेश थारुले निजी विद्यालयले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र शिक्षासँगै लोक संस्कृतिको जगेर्ना गर्दै बालबालिकाहरुबाट देश विदेशमा चिनाउन सफल हुने वताउनु भयो । नियमित रुपमा यस्ता कार्यक्रम गर्न सके देशमा ठूलो कलाकार स्थानीय स्तरले नै जन्माउन सक्ने सम्भावना रहेको नगर प्रमुख थारुको भनाई छ ।

Insert your Ads code here

निजि विद्यालयहरुमा विद्यार्थी संख्या धेरै भए पनि शिक्षकको सेवा सुविधा निकै कम भएको तर शिक्षण शुल्क भने चर्काे लिने गरेको भन्दै समयमै यसप्रति ध्यान दिन नेशनल प्याब्शनलाई आग्रह गर्नु भयो । राजापुरको सन्दर्भमा सामुदायिक विद्यालयभन्दा आधार तथा मा वि तहमा निजि विद्यालयको नतिजा राम्रो देखिएकाले निजि विद्यालयको सिकाई सबै विद्यालयहरुले गर्नु पर्ने र लागु औषध दुव्र्यसनी तथा बालविबाह न्यूनीकरण गर्न सामुदायि तथा संस्थागत दुबै विद्यालयले हातेमालो गर्नु पर्ने वताउनु भयो ।

नेशनल प्याब्शनका केन्द्रीय सदस्य बामदेब न्यौपानेले गुणस्तरीय पढाइसँगै विद्यार्थीका अन्तर निहित प्रतिभाहरु प्रस्फुटन गर्न यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्दै जानु पर्ने र नेपाल सरकारले पनि निजी विद्यालयलाई सामुदायिक विद्यालय जस्तै सुविधा दिन सके अझै शिक्षा क्षेत्रमा योगदान दिने सकारात्मक प्रेरणा मिल्ने वताउनु भयो ।

 

प्रतियोगितामा मावि तर्फ बर्दिया एकेडेमी एण्ड पोलिटेक्नीक तथा रिसर्च सेन्टर बढैयाताल प्रथम, दोस्रो एडभान्स एकेडेमी राजापुर १० खैरीचन्दनपुर र गोल्डेन फ्युचर एकेडेमी बाँसगढी तेस्रो भएको थियो । आधारभूत तह तर्फ राज हिमालयन एकेडेमी बाँसगढी प्रथम, बर्दिया एकेडेमी एण्ड पोलिटेक्नीक तथा रिसर्च सेन्टर बढैयाताल द्वितीय र इलाइट साइनिङ्ग बोर्डिङ स्कुल तृतीय भएको थियो ।

प्रतियोगितामा लाइट एकेडेमी राजापुर र बाँसगढी युनाइटेड बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय,तृतीय र सान्त्वना स्थान पाउने विद्यार्थीलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । बर्दिया जिल्ला नेशलन प्याब्शन अध्यक्ष बुद्ध गिरीको सभापतित्व र एडभान्स एकेडेमी मा विको प्राङगणमा भएको प्रतियोगितामा जिल्लाका १३ विद्यालयले सहभागिता जनाएका थिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!