Loading... आजः शनिबार , श्रावण १२, २०८१

शिवपुरी विद्यालयमा ‘नमुना सार्क सम्मेलन’


महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा ‘नमुना सार्क सम्मेलन’ आयोजना गरिएको छ। दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानको प्रतिनिधित्व गर्दै राजधानीका शिवपुरी मावि, नन्दी मावि, ज्ञानोदय मावि, तिलिङगाटार मावि, वृहस्पती विद्या सदन, नोबेल एकेडेमी, युनाइटेड एकेडेमी र न्यू लिराका कक्षा ७ मा अध्ययनरत सामाजिक विषयका विद्यार्थीले नमुना सार्क सम्मेलन आयोजना गरेका कान्तिपुर अनलाइनले लेखेको छ। सम्मेलनको एजेण्डा पाठ्यक्रममा राखिएको ‘सार्क राष्ट’ सम्बन्धि विषय समेटिएको थियो। सम्मेलनमा सार्क राष्ट्रबीच आपसी सहायता आदानप्रदान, कूटनीतिक सम्बन्ध र साझा चुनौतीका विषयमा विद्यार्थीबीच छलफल भएको शिवपुरी माविका प्रधानाध्यापक दिवाकर दूरदर्शीले बताउनुभयो।

वास्तविक सार्क सम्मेलन पाकिस्तानमा हुनुपर्नेमा विवादका कारण आयोजना गर्न सकिएको छैन। नेफालमा १८ सार्क सम्म्लेन २०७१ मंसिर ११ र १२ गते आयोजना गरिएको थियो। १९ औं शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिएपनि अहिलेसम्म मिति तय हन सकेको छैन। अहिले सार्कको अध्यक्षता नेपालले गरिरहेको छ। शिवपुरीका प्रधानाध्यापक दूरदर्शीले भन्नुभयो, ‘विद्यालय तहबाटै यस्तो किसिमको नमुना सम्मेलन गरिदा भोलिका दिनमा सार्कबारे विद्यार्थीले यसको महत्व, औचित्य, आवश्यकता र चुनौती तथा साझा समस्याबारे विज्ञता हासिल गर्न सक्नेछन्।’

नमुना सम्मेलनमा हरेक देशको प्रतिनिधित्व गर्दै प्रत्येक विद्यालयबाट २/२ जना प्रतिनिधि सहभागी भएका थिए। १० जना विद्यार्थीलाई दर्शक, प्रत्येक विद्यालयबाट एक/एक जना शिक्षक पर्यवेक्षकका रुपमा खटिएका थिए। नमुना सम्मेलनमा नेपालको प्रतिनिधित्व शिवपुरी माविले गरेको थियो। सम्मेलन ब्रिटिस काउन्सिलको आईएसए कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!