नेपाल कम्यूनिष्ट पार्टीको महिला नेता तथा निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने हुनुभएको छ।
तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिने तय भएको छ।
उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएकाेेेमा अब तुम्बाहाम्फेले सम्हाल्नु हुनेछ।
Insert your Ads code here
समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ। कानून मन्त्रालय पूर्वएमालेले पाएको छ।