Loading... आजः शनिबार , श्रावण १२, २०८१

शिशु जन्माएर खोल्सामा फाल्ने युवती पक्राउ


सोरेङ, २० सेप्टेम्बर । प्रेम सम्बन्ध पछि नवजात शिशुलाई जन्माएर खोल्सामा फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन्। आरोपी युवती १९ वर्षकी हुन्। उनी सोरेङ महकुमा अन्तर्गत च्याखुङको निवासी रहेको पुलिस सुत्रले जानकारी दिएको छ। घटना दरामदिन समष्टि अन्तर्गत मुनिउँ गाउँको हो। स्थानीय नागरिकले मुनिउँस्थित बनपाला खोल्सामा मृतक अवस्थामा नवजात शिशु देखेपछि गाउँभित्र कानेखुसी शुरु भयो। फलस्वरूप सोमबारे पुलिस थानामा सुचना पुग्नसाथ ती मृतक शिशुको शवलाई शनिबार उद्घार गरि पुलिसले कब्जामा लिएको थियो। जाँचको क्रममा पुलिसले शनिबार एकजना युवतीलाई पक्राउ गरि केरकार पछि मेडिकल जाँचमा लगेका थिए। सोही मेडिकल रिपोर्टले ती शिशु उक्त युवतीकै रहेको पुष्टि भएको छ। आरोपी युवती विरुद्ध सोमबारे पुलिसले मामिला दर्ताका छन्।
उल्लेख्य, मुनिउँस्थित बनपाला खोल्साको पानी बगेर रेङगेङ खोलामा मिसिन्छ। अहिले रेङगेङ खोलाको जलस्तरमा निकै वृद्धि आएको छ। यस्तोमा बनपाला खोल्साबाट उक्त नवजात शिशुको शव बगाएर रेङगेङ खोलामा पुर्या एको भए कुनै अत्तोपत्तो पाउने थिएन। शवलाई बगाएर निकै तलसम्म पुर्याजएको अवस्थामा फेला पारिएको गाउँलेहरुको भनाई छ। यस घटनालाई लिएर सोमबारे पुलिस अघिल्लो चरणको जाँच शुरु गरेको छ। (सरोज गुरुङ)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!