Loading... आजः शनिबार , श्रावण १२, २०८१

शुक्रबारदेखि पाँच स्थानमा सुपथमुल्य पसल सञ्चालनमा


फाइल तस्बिर

कोरोना भाइरस (कोभिड १९) का कारण असामान्य बनेको बजारलाई व्यवस्थित गर्न सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। पसल बनेपा, सूर्यविनायक, जडीबुटी, सतुंगल र कालीमाटीमा शुक्रबारदेखि यस्तो पसल सञ्चालन गरिनेछ।

विगतमा यस्तो पसल यसअघि दसैंतिहार र छठमा मात्र सञ्चालन हुन्थ्यो। आइतबादेखि मोबाइल भ्यानमा पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना छ।

Insert your Ads code here

संसद्का् उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएका थिए। खाद्य व्यापार तथा आपूर्ति कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा केही स्थानमा सुपथ मूल्य पसल र केही स्थानमा मोबाइल भ्यानमार्फत घुम्ती पसल सञ्चालनमा ल्याउने तयारी छ।

यस्ता पसलमार्फत चामल, दाल, नुन, चिनी, ग्यास र इन्डक्सन चुल्हो बिक्री गर्ने सरकारको योजना छ। देशभरकै जिल्लामा अहिले भइरहेको कालोबजारी र कृत्रिम अभाव नियन्त्रणमा ल्याउन यस्तो कदम चालिएको बताएकाे अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!