पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई हानेको अध्यादेश गोली आफै तिर फर्किएको बताएका छन।
सरकारले सोमबार जारी गरेको दलबदल र संवधानिक परिषद सम्बन्धि दुई अध्यादेशको चर्को आलोचना भएपछि शुक्रबार बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। सरकारको उक्त निर्णय पछि डा. भट्टराईले प्रधानमन्त्रीले समाजवादी पार्टीलाई हानेको गोली आफै तिर फर्किएको बताएका छन। भट्टराईले ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने समेत बताएका छन।
Insert your Ads code here
उनले ट्ववीटरमा लेखेका छन – ‘समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैँतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्, यसबीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन/कार्वाही हुनैपर्छ!’
यसअघि पार्टी फुटाउने योजनासहित समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए। बिहीबार सांसद यादव मेरियट होटलबाट फुत्किएपछि समाजवादी पार्टी फुटाउने योजना तुहिएको थियो जनखबरले लेखेको छ।