Loading... आजः शनिबार , श्रावण १२, २०८१

षड्यन्त्र र खुराफातप्रति हामी सचेत छाैं: मन्त्री भट्टराई


संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले श्रीमती बिन्दा घिमिरेको नाम तीन लाख घुस काण्डमा मुछिएपछि षड्यन्त्र र खुराफातप्रति हामी सचेत रहेको बताएका छन्।

उनले सामाजिक सञ्जालमा मार्फत जानकारी दिँदै कुनै गल्ती नगरेको सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्। त्यस्तै उनले केही व्यक्तिले गरेको खुराफातिमा सचेत भएको बताएका छन्। उनले आफ्नो शुभचिन्तकहरुलाई भ्रममा नपर्न भन्दै चिन्ता नगर्न भनेका छन्।

पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको समाचार केही मिडियामा आइरहेका छन्। तर, घुसको कुरा पर्यटनमन्त्री भट्टराईकी श्रीमती घिमिरेले भने गरेकी हैनन् ।नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी भएकी जिता बरालले उक्त कुरा च्याटमार्फत विद्यार्थीसँग गरेकी हुन् र त्यसमा घिमिरेको नाम जोडकी छन्।

Insert your Ads code here

उक्त च्याटअनुसार नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भन्दै जिताले एक स्टाफ नर्ससँग तीन लाख रुपैयाँ माग गरेकी छन्। जसमध्ये दुई लाख ५० हजार रुपैयाँ विद्यार्थीले पठाइसकेकी छन्।

बाँकी ५० हजार रुपैयाँ परीक्षाफल प्रकाशित भएपछि उठाइदिने दुवै पक्षबीच सहमति भएको देखिन्छ। च्याटमा जिताले नै योगेश पत्नी विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। घुसको वार्गेनिङ गरेको मेसेज च्याट पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!